काठमाडौं । हुन्डाईले भर्ना फेसलिफ्ट सार्वजनिक गरेको छ । कम्पनीले सो कारको टिजर केही दिन पहिले सार्वजनिक गरेको थियो भने अब अफिसियल फोटो सार्वजनिक गरेको छ । साथै कम्पनीले २०२० हुन्डाई भर्ना फेसलिफ्टको बुकिङ पनि शुरु गरिसकेको छ ।
फ्रेस लुक दिनको लागि कारको एक्सटेरियरमा केही परिवर्तन गरिएको छ । साथै सो कारमा हुन्डाईको कनेक्टेड कार टेक्नोलोजी ब्लुलिङ समावेश गरिएको छ ।
हुन्डाई भर्ना फेसलिफ्टको फ्रन्टमा नया क्रोम फिनिस ग्रिल, नयाँ एलईडी हेडल्याम्प, रिडिजाइन्ड एलईडी डेटाइम रनिङ लाइट र नयाँ बम्पर समावेश गरिएको छ । यसमा नयाँ ड्युअल टोन डायमन्ड कट अलोय ह्विल र सिल्भर डोर ह्यान्डल समावेश गरिएको छ ।
सो कारको नयाँ डिजाइन बुट लिड, नयाँ एलईडी टेलल्याम्प, नयाँ रियर बम्पर, शार्प क्रिज र रिफ्टलेक्टर र डिफ्युजरको चारै तिर क्रोम एलिमेन्ट समावेश गरिएको छ । यसमा इलेक्ट्रिक सनरुफ पनि समावेश गरिएको छ । नयाँ भर्नाको इन्टेरियरको फोटो सार्वजनिक भएको छैन । तर नयाँ टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टम हुने अनुमान गरिएको छ ।
नयाँ भर्ना फेसलिफ्टमा बीएस६ कम्प्लयान्ट नयाँ इन्जिन हुनेछ । कारमा १.५ लिटरको पेट्रोल र डिजेल इन्जिन हुनेछ । यसको साथै यसमा १.० लिटरको टर्बो पेट्रोल इन्जिन हुनेछ । १.५ लिटरको इन्जिनको ११४ बीएचपीको पावर रहेको छ । १.० लिटर टर्बो पेट्रोल इन्जिनले ११ड बीएचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ ।
Comments are closed.