हुन्डाईले ल्यायो सोलार प्यानल सहितको सोनाटा हाइब्रिड कार(बिशेषता सहित)

 

दक्षिण कोरियाको अटोमोबाइल कम्पनी हुन्डाईसँग लाइनअपमा आधा दर्जन भन्दा बढी हाइब्रिड र इलेक्ट्रिक कार रहेको छ । हालै कम्पनीले हाइब्रिड कार सोनाटामा सोलार प्यानल जडान गरी लन्च गरेको छ । सो सोलार प्यानल कारको छतमा जडान गरिएको छ ।

सोलार प्यानल जडान गरिएको सो हाइब्रिड कार पुरै सोलार इनर्जीबाट चल्छ । यसमा रहेको व्याट्री पनि सोलारबाटै चार्ज हुन्छ । हुन्डाईका अनुसार कारमा जडान गरिएको सोलार प्यानल व्याट्री एक दिनमा ३० देखि ६० प्रतिशतसम्म चार्ज हुन्छ । सो सोलार प्यानलबाट हरेक दिन ६ घन्टा व्याट्री चार्ज हुन्छ भने वर्षमा १३०० किलोमिटरसम्मको अतिरिक्त माइलेज पनि दिन्छ ।

सोलार रुफ भएको हुन्डाई सोनाटा हाइब्रिड कार हालको लागि कोरियामा मात्र बिक्री गरिन्छ । सो कार कोरियामा बाहेक अन्य राष्ट्रमा निर्यात गरिएको छैन । सोनाटा हाइब्रिड सोलार प्यानलको साथमा सो कार कम्पनीको पहिलो कार हो ।

You might also like

Comments are closed.