हुन्डाई ग्रान्ड आई १० को तेस्रो पुस्ताको कार ‘नियोस’ आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । हुन्डाई ग्रान्ड आई १० को तेस्रो पुस्ताको कार ‘नियोस’ आगामी अगस्ट २० मा भारतमा ग्लोबल डेब्यु हुने भएको छ । सो कारको तस्बिर हालै सार्वजनिक भएको छ ।

हुन्डाईका अनुसार नियोसको अर्थ ‘धेरै’ हुन्छ । हुन्डाईले स्पेस, फिचर र पर्फमेन्सका आधारमा ग्राहकलाई अझ धेरै सुविधा दिन चाहने भएकाले यो शब्द रोजेको बताएको छ ।

ग्रान्ड आई १० को एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जडान गरिएको छ ।

स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ । यसमा मेसिन कट अलोय ह्विल लगाइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइटको विशेषता पाउन सकिन्छ ।

हुन्डाई ग्रान्ड आई १० नियोसको बुकिङ पनि प्रारम्भ भएको छ । ग्रान्ड आई १० नियोसमा १.२ लिटर कप्पा इन्जिन छ । यसले ८३ बीएचपी पावर दिन्छ । यसमा ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन दिइएको छ ।

साथै, कम्पनीले यसलाई १.२ लिटर सिआरडीआई डिजेल इन्जिनमा समेत ल्याउने छ, उक्त डिजेल इन्जिनले ७२ पीएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

यसको सेन्टर कन्सोलमा निकै ठूलो परिवर्तन गरिएको छ । नयाँ इन्स्ट्रयुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिङ ह्विल आदिले गाडीलाई निकै आकर्षक बनाएको छ ।

यसमा हुन्डाईको कनेक्टेड कार टेक्नोलोजी दिइएको छ । कारमा हुन्डाई भेन्युको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट उपलब्ध छ ।

You might also like

Comments are closed.