‘हुन्डाई फेस्टिभ डिलाइट’ योजना, भाग्यमानी ग्राहकलाई क्रेटा र आइट्वान्टी एक्टिभ उपहार

आर्थिक आवाज
पोखरा, २१ भदौ । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डाई फेस्टिभ डिलाइन’ योजना ग्राहकहरु माझ ल्याएको छ । यही भदौ २१ गतेदेखि कात्तिक २७ गते यो योजना लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

‘यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको हो,’ विज्ञप्तिमा भनिएको छ । योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क वीमा पाउनेछन् । साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट, लक्की–ड्र मार्फत सय जनालाई १०–१० ग्राम सुन उपहार प्रदान गरिनेछ ।

बम्पर उपहार अन्तर्गत भाग्यमानी ग्राहकले लक्की–ड्र मार्फत हुन्डाई आइट्वान्टी एक्टिभ एक थान र हुन्डाई क्रेटा एक थान जित्न सक्नेछन् । सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारन्ेटी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोरुमहरु तथा १५ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहको । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादक मध्येमा पर्छ । कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको कम्पनीको दावी छ ।

You might also like

Comments are closed.