हुन्डाई भेन्यु, ६० दिनमा ५० हजार बुकिङ

काठमाडौं । भारतमा गत मे २१ मा लन्च गरिएको हुन्डाईको सब–कम्प्याक्ट एसयूभी भेन्यु ६० दिनमै ५० हजार युनिट बुकिङ भएको छ । लन्चिङ पश्चात हालसम्म १८ हजार युनिट डेलिभरी समेत भइसकेको कम्पनीले बताएको छ । डेलिभरी गरिएका गाडी मध्ये ५५ प्रतिशतमा ब्लुलिंक प्रविधिको प्रयोग गर्न सकिन्छ ।

भेन्युको प्रतिस्पर्धा मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० सँग हुनेछ । यो इन्टरनेट कनेक्टेड पहिलो कार हो ।

भेन्यूमा ८ इन्च टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड रहेको छ । कारको क्याविन निक्कै आरामदायी बनाइएको छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ । तर, पछाडि बस्ने मानिस अग्लो भएमा स्पेश कम पर्ने बताइएको छ ।

हुन्डाई भेन्यू टप स्पेकको रुपमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता रहेका छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेका छन् ।

हुन्डाई भेन्यू ३ इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क दिन्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ । यसको मूल्य ७ लाख ७५ हजारबाट सुरु भई १० लाख ८४ हजार भारु तोकेको छ । साथै १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क दिन्छ । यसको मूल्य ६ लाख ५० हजार र ७ लाख २० हजार भारु रहेको छ । यसमा ५ स्पीड मेनुअल गियरबक्स छ ।

१.० लिटर ३ सिलिन्टर टर्बो चार्जड पेट्रोल इन्जिन अप्सनमा पनि भेन्यू उपलब्ध छ । यसले १२० एचपी पावर र १७२ एनएम टर्क दिन्छ । यो अप्सनमा ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको मूल्य ८ लाख २१ हजारदेखि ११ लाख १० हजार ५ सय भारु तोकिएको छ ।

You might also like

Comments are closed.