हुलासको विद्युतीय कार नेपालमै बन्दै, सस्तोमा विद्युतीय कार चढ्ने अवसर

काठमाडौं । हुलास मोर्टसले नेपालमै विद्युतीय कार उत्पादन गर्ने भएको छ । आगामी ६ महिना भित्र कार उत्पादन सुरु हुने बताइएको छ । हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्ल चन्द्र दासका अनुसार बिराटनरस्थित मिल्स एरियामा रहेको प्लान्टमा कार निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रारम्भमा सो कार विभिन्न सहरमा परीक्षण गर्ने र त्यस पछि मात्र बिक्रीका लागि उपलब्ध हुनेछ । सो कारको मूल्य करिब १५ लाख देखि १८ लाख रुपैयाँ सम्म पर्ने बताइएको छ ।

हुलासले बनाउने विद्युतीय कार ‘फुल चार्ज’मा १६० देखि १७० किलोमिटरसम्म गुड्न सक्ने क्षमताको हुनेछ । अरु विद्युतीय कारको तुलनामा मूल्य कम हुने दावी गर्दै उनले महिनामा १५ वटा जति बिक्री गर्ने लक्ष्य लिइएको बताएका छन् ।

सो कारमा लिथियम आयोन ब्याट्री प्रयोग गरिने छ । यसको पाट्र्स भने चीनबाट आयात गरिने बताइएको छ । हुलासले विद्युतीय कार बनाउन अहिलेसम्म कुनै अन्तर्राािष्ट्रय कम्पनीसँग सहकार्य गरेको छैन । यद्यपि कुनै राम्रो कम्पनीले प्रस्ताव गरेमा त्यसको वारेमा सोच्न सकिने उनले बताएका छन् ।

You might also like

Comments are closed.