हेड्स नेपाल प्रदेश नं. ४ मा पराजुली

पोखरा, ११ माघ ।
स्वास्थ्य, शिक्षा, कृषि बिकास तथा समाज (हेड्स) नेपालको प्रदेश नं. ४ को दोश्रो अधिवेशन बुधवार पोखरामा सम्पन्न भएको छ । अबिधेशनले हरिराम पराजुलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

३ वर्षे कार्यकाल रहने समितिको उपाध्यक्षमा टंकराज अधिकारी, महासचिवमा ई. राजेन्द्र ढकाल, सचिवमा ओम प्रकाश गिरी र कोषाध्यक्षमा शंकर ताम्राकार रहेका छन भने कार्य समिति सदस्यमा कृष्ण प्रसाद सापकोटा, अर्जुन श्रेष्ठ, मिस्टर राज वन्त, सुर्य कुमार गुरुङ्ग, शुसिल त्रिपाठी, चुडामणी पराजुली रहेका छन् । निर्वाचित समितिलाई संस्थाका प्रमुख संरक्षक प्रतापराज वन्त र हेड्स नेपाल पश्मिाञ्चलका निवर्तमान उपाध्यक्ष कृष्णमान ठुसाजु र निर्वाचन कमितिका संयोजक अधिवत्ता सुकदेव गौतमले प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थाका प्रमुख संरक्षक वन्तले मानव समुदायको सेवा गर्ने उद्देश्यले स्थापित यस संस्थाले उपचारको निम्ति आर्थिक अवस्था कमजोर भएका विरामीलाई आवश्यक पर्ने सबै प्रकारका सेवा सम्भव भएसम्म उपलब्ध गराउदै आएको बताए । “दिनको एक रुपैया सेवाका निम्ति समपर्ण गरौ“ भन्ने नारा लिएको यस संस्थाले सदस्यबाट दैनिक १ रुपैया संकलन गरी आफैले केही गर्न सकिन्छ भन्ने सोच राखेकोे बताउदै जनताबाट लिएर दीन दुःखी र असहायलाई सेवा पु्याउने उद्देश्यका साथ संस्था अघि बढेकोे जानकारी दिए ।

२५ वर्ष अगाडी स्थापना भएको यस संस्थामा ६ हजार साधारण सदस्य १ हजार १ सय पचास आजीवन सदस्य र १५ जना श्रेष्ठकर सदस्य रहेका छन् भने यसको संजाल मुलुकको ६४ जिल्लामा फैलिएको छ । नेपाल बाहेक अमेरिका जापान, अष्ट्रेलियामा समेत यस शाखा संचालन भै रहेको वन्तले जानकारी दिए ।
संस्थाले गोरखाको भिमसेन गाँउपालिका स्थित बगुवामा कृषि श्रोत केन्द्र स्थापना गरी करिव २०० रोपनी जग्गामा ३२ लाख रुपैयाको लगानीमा नर्सरी माछापालन र ईट्टा भट्टी संचालन गरेको छ भने काठमाडौमा ५ वटा सहकारी संचालन गर्दै आई रहेको छ ।

You might also like

Comments are closed.