हेमजामापनि मनाइयो टोपी दिवस

हेमजा, १७ पुस

पोखराको हेमजामा टोपी दिवस मनाइएको छ । अन्र्तराष्ट्रिय टोपी दिवसको अवसरमा लियो क्लब अफ हेमजाले ‘हाम्रो टोपी, हाम्रो शान, नेपालीको पहिचान’ भन्ने मुल नाराका साथ पोखरा २५ हेमजामा टोपी दिवस मनाएको हो । दिवसको अवसरमा प्रगतिचोकबाट साझाचोकहुँदै लामाचौतारासम्म ¥याली निकालिएको थियो । ¥यालीमा सहभागीहरु ढाका टोपी लगाएर सहभागि भएका थिए ।

कार्यक्रममा जागरण अभियान नेपालका अध्यक्ष संकरमणि त्रिपाठीले अब बिद्यालयमा टाइ जस्तै गरि टोपी पनि अनिवार्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

मा जोड दिए । नेपाली टोपीको पहिचान गाँउ गाँउमा पु¥याउनु पर्ने बताए । उनले भने –नेपालीपनको अभियान अगि बडाउनु पर्छ । कार्यक्रममा बिश्व हिन्दु महासंघ हेमजाका अध्यक्ष नेपालीको पहिचान भएको उल्लेख गरे । कार्यक्रममा सन्तोष ढकालले नेपाली टोपीको गित गाएका थिए ।
लियो क्लब अफ हेमजाका अध्यक्ष बिष्णु प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दितिय उपाध्यक्ष बिजय त्रिपाठीले गरेका थिए ।

You might also like

Comments are closed.