हेमजामा लागू औषध तथा साईबर अपराध सचेतना मूलक कार्यक्रम सम्पन्न

हेमजा, १९ फागुन

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजना एवं वडा प्रहरी कार्यालय बगरको समन्वयमा हेमजामा रहेको गौरीसंकर मा.बि मा लागू औषध तथा साईबर अपराध सम्बन्धी सचेतना मूलक कार्यक्रम आईतवार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाखर तिमिल्सिनाले कार्यक्रम उपलब्धीमुलक हुनु पर्ने बताउदै विद्यार्थीलाई अनुसासित हुन आग्रह गरे । विद्यालयका प्रिन्सिपल अमर बहादुर कुँवरले तालिम प्रदान गरेकोमा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी हेमजालाई धन्यवाद ज्ञापन गरे । वडा प्रहरी कार्यालय बगरका लेखापाल सुमन न्युरेले गरेको प्रशिक्षण कार्यक्रममा कक्षा ९ र १० गरी जम्मा ९० जना विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाकी सदस्य शुकमाया सुवेदी श्रेष्ठ, डम्बर नेपाली, सामुदायिक प्रहरी सेवा हेमजाका प्रमुख एवं प्रहरी हवल्दार कृष्ण अधिकारी र प्रहरी जवान विन्दु जि.सीको उपिस्थती रहेको थियो ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाका उपाध्यक्ष घनश्याम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य रिता कार्की कुँवरले गरेकी थिईन् ।

You might also like

Comments are closed.