हेल्पफुल ह्याड्सको चार्टर नाइट, निवन्ध प्रतियोगिताको उपाधी भण्डारीलाई

पोखरा, ७ भदौ ।

लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याड्सद्वारा आयोजित अन्तरलायन्स खुल्ला निबन्ध प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा आदर्शका दीनेश भण्डारीले जितेका छन् । क्लबले पाँचौं चार्टर नाइटका अवसरमा बिहीबार प्रतियोगिता आयोजना गरेको हो ।

लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीका नेपाल प्रकाश अधिकारी द्वितीय, लायन्स क्लब अफ तनहुँका शान्ता बास्तोला तृतीय र लायन्स क्लब अफ पोखरा गतिशील मञ्जरीका सुनिता देबकोटा सान्त्वना भएको क्लबका अध्यक्ष मोहन सुवेदीले जानकारी दिए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्टका चिफ एडभाइजर धुब्र्र श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । निबन्ध प्रतियोगितामा रिजन चियरपर्सन माधव पौडेल, जोन चियरपर्सन डिबी विश्वकर्मा, डिपार्टमेन्ट कोचिफ विनोद ढुङगाना, कार्यक्रम संयोजक निर्दोष डुम्रे लगायतले बोलेका थिए ।

यसैबीच क्लबले बिहीबार साँझ पाँचौं चार्टर नाइट मनाएको छ । निवन्ध प्रतियोगिताका विजेतालाई चार्टर नाइटका अवसरमा नगद सहित सम्मान गरिएको हो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...