हेल्पफुल ह्याड्सको ७ औं स्थापना दिवस, विद्यार्थीलाई सहयोग गर्ने घोषणा

पोखरा ।
लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याड्सले हालै ७ औं स्थापना दिवस मनाएको छ ।

क्लबले स्थापना दिवसको अवसरमा विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सरकारी विद्यालयमा अध्ययन गर्ने ५ जना जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई यस शैक्षिक शत्रभरीको स्टेशनरी सामान सहित विद्यालयमा आवस्यक पर्ने सम्पुर्ण सुबिधाको जिम्मेवारी क्लबले लिने क्लबका अध्यक्ष अञ्जु नेपालीले जानकारी दिईन् ।

स्थापना दिवसको अवसरम क्लबका स्ंस्थापक अध्यक्ष, पुर्व अध्यक्ष तथा क्लबका सदस्य प्रति उनले आभार समेत व्यक्त गरेकी छन् ।

You might also like

Comments are closed.