पोखरा ।
लायन्स क्लव अफ पोखरा हेल्पफूल ह्यान्ड्सको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि वानका गभर्नर मन बहादुर रोकाको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उनले क्लबले उत्कृष्ट कार्य गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा द्धितिय भाईस गभर्नर महेन्द्र पौडेल, रिजन चियरपर्सन मोहन सुवेदी, जोन चियरपर्सन लगायत क्लवका सदस्यको सक्रिय सहभागिता रहेको क्लबका अध्यक्ष अञ्जु नेपालीले जानकारी दिईन् । कमलपोखरी पाखामा गतवर्षहरूमा रोपिएका बोटबिरूवाको गोडमेल सहित विभिन्न जातका बिरूवाहरू रोपिएको कार्यक्रम संयोजक बुद्ध कार्कीले जानकारी दिए ।




Comments are closed.