होटलमा खाएको पैसा माग्दा अपहरणसहित हत्या प्रयास

सन्देश श्रेष्ठ
पोखरा, १८ वैशाख । होटलमा खाएको बिलको पैसा माग्दा पोखरामा एक होटल सञ्चालकलाई अपरहणसहित हत्याको प्रयास भएको छ । पोखराको पृथ्वीचोकमा होटल निलकमल सञ्चालन गर्दै आएका शालिकराम पौडेलमाथि अपहरणसहित हत्याको प्रयास भएको हो । एक हप्ता अघिदेखीमात्र होटल सञ्चालन गर्न थालेका उनलाई भारतको विहार बक्सर जिल्ला मोफिसिल बक्सर थानापोष्ट बनारपुर घर बताउने ३९ वर्षिय सुनिलकुमार तिवारी, २६ वर्षिय अरबिन्द तिवारी र २७ वर्षिय अभिजित रायले अपहरणको प्रयास गरेका हुन् ।

घट्ना अनुसार सुनिल, अरबिन्द र अभिजित मंगलबार करीब ५ बजे होटलमा भारतीय नम्बर प्लेटको बिआरआईसिडब्लु ५२७४ नम्बरको प्राइभेट कारमा चढेर आएका थिए । होटलको कोठा बुक गरेर उनीहरुले मदिरा सेवन गरे । विहान सबेरै उठेका उनीहरुलाई होटल सञ्चालक शालिकरामले बिल १५ हजार ५०० उठेको जानकारी गराए । तर ति ग्राहकले बिल भुक्तानी गर्नुको सट्टा उल्टै नगद सकिएको रहेछ, अहिले केहिबेरमा एटीएमबाट निकालेर दिन्छौं भन्दै बरु ६ हजार ५ सय रुपैयाँ केहिबेरका लागि सापटी मागे । एटीएमबाट निकालेर दिन्छु भनेपछि पत्याएका शालिकरामले पैसा दिए ।

पैसा पाएपछि तीनैजना एटीएमबाट पैसा निकालेर आउने भन्दै करीब ७ः१० बजे कार चढेर निस्कन लागेपछि होटल सञ्चालक शालिकरामलाई मनमा चिसो पस्यो । उनले तीन जना मध्ये एक जनाले पैसा निकालेर आए भइगो नि, दुई जना किन सँगै जानु प¥यो ? भने । त्यति भएपछि उनीहरुले शालिकरामलाई पनि एटीएमसम्म सँगै जाउँ भने । पहिलेदेखि नै शंका लागेपछि शालिकरामले होटलमा काम गर्ने ईश्वर पौडेललाई पनि साथै लगे । होटलबाट पश्चिमतर्फ एसबिआई वैंक भएकाले त्यहिंबाट पैसा निकाल्न शालिकरामले आग्रह गरे । तर उनीहरुले तलबाट निकाल्ने भन्दै सृजनाचोकहुँदै ड्यामसाइडमा पु¥याएर चिया पिउँ भन्दै कार रोके ।

चिया पिउने मौका पारेर होटल सञ्चालक शालिकराम र मजदुर ईश्वरलाई त्यहिं छाडेर भाग्ने उनीहरुको दाऊ रहेछ । पिउँदापिउँदैको चिया छाडेर उनीहरु कारमा बसे । शंकाको घेरामा राखेका शालिकरामपनि उनीहरुसँगै कारमा बसे । त्यतिञ्जेल मजदुर ईश्वर चुरोट भने चिया पिएर चुरोट पिउदै थिए । ईश्वर आउन ढिला भएपछि कार चालक सुनिलकुमार तिवारीले कार हुँईक्याए । अनि तीन जनाले हिन्दीमा आफूहरुको प्लान सफल भएको बताएको होटल सञ्चालक शालिकरामले जानकारी दिए ।

कार हुँइक्याईको गति र उनीहरुको गफबाट आफू फसेको निश्कर्षमा पुगेका शालिकरामले तुरुन्तै आफ्नो नातेदार दाजु मित्रलाल ढकाललाई फोन गरे । उनले आफूलाई पैसा नदिई ३ जनाको भारतीय ग्राहक भाग्न लागेको र सोहि कारमा आफू भएकाले छोरेपाटन प्रहरीलाई जानकारी दिन आग्रह गर्न थालेपछि उनको मोवाइल ति ग्राहक बनेर आएका अपहरणकारीले खोसे र स्वीच अफ गरे । लगत्तै घाँटी अठ्याएर मार्ने प्रयाससमेत गरेको पीडित शालिकरामले बताए । सुनिलले तिव्र गतिमा कार हुँइक्याउने तथा अरबिन्द र अभिजितले घाँटी अठ्याएर मार्ने प्रयास गरेपछि शालिकरामले बल्लतल्ल कारको सीसा खोल्न सफल भएर हेल्प हेल्प भन्दै चिच्याए ।

उनले गुहार गर्दागर्दै कार विरौटा चोकहुँदै बरालफिडसम्म पुगिसकेको थियो । तरपनि झ्यालबाट टाउको निकालेर गुहार मागिरहँदा अरबिन्द र अभिजितले कारको सीसा लगाएर घाँटी थिच्ने प्रयास जारी राखे तरपनि शालिकरामको सास नगएपछि उनीहरुले कारको ढोका खोलेर घचेटिदिए र भागे । तिव्र गतिको कारबाट जबरजस्ती घचेटिएर सडकमा बज्रिन पुगेका शालिकरामले स्थानियको सहयोगमा प्रहरीमा खबर गरे । लगत्तै प्रहरीले छोरेपाटन प्रहरी चौकी अगाडि सुरक्षा ब्यबस्था कडा बनायो । तर अपहरणमा संलग्न उनीहरु प्रहरी चौकीको बाटो नगई भोटेक्याम्प बस्ती, बेलघारीहुँदै छोरेपाटनचोक नजिकै निस्केर स्याङ्जातर्फ हुँइकिए । तर कास्की प्रहरीले स्याङ्जा प्रहरीलाई खबर गरिसकेकाले फेदीखोलाबाट उनीहरुलाई पक्रन सफल भयो ।

पक्राउ परेका सुनिल, अरबिन्द र अभिजित तीनैजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर अनुसन्धान थालिएको छ । उनीहरुलाई शरिर बन्धक तथा अपहरण सम्बन्धी मुद्धा चलाइने कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले बताए । उनीहरुबिरुद्ध शालिकरामले किटानी जाहेरी दिइसकेका छन् ।

अपहरणमा परेका शालिकरामको अवस्था सामान्य छ । यद्वपी उनको दुवैतर्फको घुँडा, देब्रे खुट्टाको बुढी औंला, देब्रे हातको हत्केला तथा औंलाहरु, दाहिने हातको नाडी, पेट, ढाडलगायतमा चोट लागेको छ । उनी उपचारपछि घर फर्किएका छन् । शालिकरामले आफ्नो मोवाइल र एक तोला ५० लालको सुनको औंठीसमेत खोसेको बताएका छन् ।

You might also like

Comments are closed.