होटल गोल्डेन गेटसँगै पोखरामा खुल्यो ‘कभाना इटअप’ लाइभ बेकरी, कफी र फास्टफुडको सेवा

आर्थिक आवाज
पोखरा, १७ पुस । पोखरामा ‘कभाना इटअप’ सञ्चालनमा आएको छ । रेष्टुरेन्ट तथा क्याफेको सेवा उपलब्ध गराउने गरी कभाना इटअप सञ्चालनमा ल्याइएको हो । पोखराको लेकसाइडस्थित होेटल गोल्डेन गेटका सञ्चालक विकल्प पाठकले क्याभना सञ्चालनमा ल्याएका हुन् ।

४५ वटा कोठासहित सञ्चालित स्तरीय होटलले युरोपियन प्रविधिको सेवा सुविधासहित कभाना इटअप सञ्चालनमा ल्याएको हो । क्याभना इटअपको नेपाल पर्यटन बोर्डका प्रमुख मणिराज लामिछानेले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले पर्यटकीय क्षेत्रमा सञ्चालित रेष्टुरेन्ट तथा क्याफेहरुले स्तरीय सेवा प्रदान गर्नुपर्ने धारणा राखे ।

कभानाको उद्घाटनका अवसरमा पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रिन्सिपल प्रकाश रेग्मी लगायतले बोलेका थिए ।

कभानामा अर्डर अनुसारको लाइभ बेकरी तथा कफी सहित फास्टफुड परिकार उपलब्ध हुने प्रवन्धक सन्तोष पाठकले जानकारी दिए । विकल्प पाठकले ५ करोड रुपैयाँ लगानीमा २ वर्ष अगाडि गोल्डेन गेट होटल सञ्चालनमा ल्याएका हुन् । ४५ वटा एसी डिलक्स कोठा रहेको होटलमा ३ सय जना क्षमताको बैंक्युट हल तथा सेमिनार हलको सुविधा छ । रुफटप रेष्टुरेट, गार्डेन तथा पार्किङको सुविधा पनि उपलब्ध रहेको पाठकले जानकारी दिए ।

You might also like

Comments are closed.