होटल म्यानेजमेण्ट कलेजमा चिनियाँ टोली

पोखरा, १३ भदौ ।

पोखरा छिनेडाँडामा रहेको नेपालकै पहिलो नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेजमा चिनको चेङ्गदु पोलीटेक्निक इन्स्टिच्युटका टोलीले अवलोकन भ्रमण गरेका छन् । भ्रमण टोलीमा इन्स्टिच्युटका सहायक डिन हङ्गगुयानयिङ र उनका सहकर्मीहरु हुयाङ क्षियायोफेइ, फान कुन, शु लि, जाङ जी रहेका थिए ।

भ्रमण टोलीलाई कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले स्वागत गरेका थिए । सो अवसरमा पोखरा विश्वविद्यालयका प्रोफेसर डा. रविन्द्र घिमिरे, डाइरेक्टर अफ इन्टरनेशनल रिलेशन टेकबहादुर क्षेत्रीको पनि उपस्थितीे थियो ।

चिनिया टोलीको भ्रमणको उद्देश्य, नेपालका प्रतिष्ठित कलेजहरु र विश्वविद्यालयमा होटल व्यवस्थापन शिक्षाको अवस्था, नेपाली आथित्यताको अध्ययन, दुई देश बिचको सहकार्यका संभावना आदि रहेको छ ।

चिनिया भ्रमण टोलीले कलेजमा चिनिया चिया, चिनिया संस्कृतिका बारेमा बिद्यार्थीलाई अभ्यास गराएका थिए । टोलीले टुर गाइडिङ तथा चाइनिज आतिथ्य सत्कार विधीका बारे पनि बिद्यार्थीलाई जानकारी गराए । कलेजका सबै बिभागको भ्रमण पश्चात चिनिया टोली संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो । अन्र्तक्रियामा कलेजका संयोजक जकबहादुर थापाले संयोजन गरेका थिए । साथै चेङ्गदु पोली टेक्निक इन्स्टिट्युटका टोलीलाई कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले मायाको चिनो उपहार प्रदान गरे ।

You might also like

Comments are closed.