होटल वाराहीमा माण्डवी र कमल खत्रीले तताउने

आर्थिक आवाज/पोखरा

न्यू इयर इभमा होटल वाराहीले न्यू इयर इभ स्पेसल कार्यक्रम गर्ने भएको छ । होटल वाराहीको स्विमिङ पुल नजिकै रहेको इभेन्ट सेन्टरमा न्यू इयर इभ स्पेसल कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रम राती ९ बजेदेखिी मध्यराती १ बजेसम्म जारी रहने वाराही होटलका महाप्रबन्धक राजकुमार केसीले जानकारी दिए । इभमा पप गीतमा आफ्नो छुट्टै छवि बनाएका कमल खत्री र माण्डवी त्रिपाठीले प्रस्तुती राख्ने महाप्रबन्धक केसीले जानकारी दिए । केसीका अनुसार लाइभ कन्सर्टका लागि साँझ साढे ७ बजेदेखि ढोका खुल्ला हुनेछ । कार्यक्रममा सहभागी हुनका लागि प्रति व्यक्ति ४ हजार रुपैयाँ टिकटदर तोकिएको उनले बताए । सो टिकटमा वेलकम ड्रिङ्क्ससहित बार्बिक्यु, स्न्याक्स र डिनर फ्रि हुने उनले जानकारी दिए ।

You might also like

Comments are closed.