होटल व्यवसायमा युवा व्यवसायी केसीः कुटि रिसोर्टसँगै अब होटल कुटी पनि

आर्थिक आवाज
पोखरा । पोखराको लेकसाइडमा होटल कुटी थपिने भएको छ । पर्यटकलाई नयाँ स्वाद दिने उद्देश्यसहित होटल कुटी थपिन लागेको हो ।

पोखराको लेकसाइडस्थित बगैँचामार्गमा युवा व्यवसायी देवेन्द्र केसीले होटल कुटी सञ्चालनको तयारी गरिरहेका हुन् । युवा व्यवसायी केसी कुटी रिसोर्टका सञ्चालक हुन् । बिगत ३ वर्षदेखि कुटी रिसोर्ट सञ्चालन गरिरहेका केसीले होटल कुटीलाई फरक शैलीमा सञ्चालनको तयारी गरिरहेका छन् ।

फागुन महिनाभित्रैमा नयाँ होटल पूर्ण रुपमा सञ्चालनमा आउने केसीले जानकारी दिए । होटल कुटीमा ४० वटा सुविधा सम्पन्न कोठाहरु रहनेछन् । ‘प्रत्येक कोठामा बालकुनी हुनेछ,’ उनले भने । स्पा, आकर्षक गार्डेन र प्रर्याप्त पार्किङको सुविधा होटल कुटीमा रहने केसीले जानकारी दिए ।

MANASLU

पाहुनाको माग अनुसार नयाँ होटल थप गरेको केसीले बताए । कुटी रिसोर्टमा ५१ वटा कोठा छन् । ‘अबदेखि हामीसँग ९१ वटा कोठा रहनेछन्,’ उनले भने ‘२ सय जना र सय जना क्षमताका २ वटा सेमिनार हलसमेत छ ।’

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...