होटेल भिवान्तामा एनएमबि बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं । होटेल भिवान्तामा एनएमबि बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । यस सम्बन्धमा एनएमबि बैंक र होटेल भिवान्ताबीच बिहीबार सम्झौता भएको हो ।

होटल प्राङ्गणमा रहेको मिन्ट र आकृति रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थको खरिदमा एनएमबिका ग्राहकले १५ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इन्द्रिरा राइले हस्ताक्षर गरे ।

एनएमबि बैंकले १ सय ८६ शाखा, ६ विस्तारित काउन्टरहरु र १ सय ३५ एटीएम सञ्जालबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

lcci
You might also like

Comments are closed.