होण्डाको ‘एक्सचेन्ज मेला’ पुस २३ देखि २७ सम्म

आर्थिक आवाज
पोखरा, २० पुस । होण्डा मोटरसाइकल तथा स्कुटरका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता कुँवर ब्रदर्श एण्ड शन्स नयाँबजार पोखराले ‘एक्सचेन्ज मेला’ आयोजना गरेको छ । पुस २४ गते सोमबार शुरु हुने मेला ५ दिनसम्म जारी रहने सन्सका प्रवन्ध निर्देशक चन्द्र कुँवरले जानकारी दिए । नयाँबजारस्थित शोरुममै मेला आयोजना हुनेछ ।

‘मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटर साटफेर गर्न सकिनेछ,’ कुँवरले भने, ‘ग्राहकको हितलाई मध्यनजर गरी मेला आयोजना गरेका हौं ।’ मेला अवधिभर ग्राहकलाई नयाँ मोटरसाइकल खरीदमा विशेष छुटको व्यवस्था गरिएको कुँवरले बताए ।

होण्डाका मोटरसाइकल तथा स्कुटर धेरै ग्राहकको रोजाइमा परेको कुँवरले बताए । ‘मेला अवधिभर ग्राहकको भिड लाग्ने हाम्रो विश्वास छ,’ उनले भने । ग्राहकले कुनै पनि ब्राण्डका, कुनै पनि चल्ने वा नचल्ने मोटरसाइकल तथा स्कुटरहरुसँग साटफेर गरी नयाँ होण्डा मोटरसाइकल लैजान सक्नेछन् । होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा फाइनान्सको सुविधा, हाइ पिकअप, उचित मूल्यांकन, हाइ स्टालिस, हाइ रिसेल भ्यालु, ४ पटक फ्रि सर्भिसिङ, १ थान होण्डा हेलमेट फ्रि, १ वर्ष व्याट्री वारेन्टी लगायतका विशेषता रहेको कुँवरले जानकारी दिए । होण्डा गण्डकी धौलागिरीमा पहिलो स्थानमा रहेको कुँवरले बताए । ‘हामीले समय समयमा विभिन्न ठाउँमा पुगेर फ्रि सर्भिस क्याम्प गर्दै आइरहेका छौं,’ कुँवरले भने, ‘बिक्री पछिको सेवालाई प्राथमिकता दिएकै कारण पोखरा क्षेत्रमा होण्डाप्रति ग्राहकको आकर्षण छ ।’

You might also like

Comments are closed.