होण्डाको ट्राफिक सचेतना कार्यक्रम

पोखरा, २३ बैशाख ।

पोखराको लागि होण्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्श एण्ड सन्स नयाँबजारले ट्राफिक सचेतना कार्यक्रम गरेको छ । होण्डा नेपालमा भित्रिएको ५०औं वर्षको अवसरमा आइतबार कार्यक्रम गरिएको सन्सका प्रवन्ध निर्देशक चन्द्र कुँवरले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालयसँग समन्वय गरी कार्यक्रम गरिएको हो । कुँबर व्रदर्शका कर्मचारी र जनप्रिय उच्च माविका विद्यार्थी कार्यक्रममा सहभागी थिए । कार्यक्रममा पैदल यात्रीलाई जेब्रा क्रसिङबाट मात्र सडक पार गर्न सिकाउनुका साथै ट्राफिक सचेतना सम्वन्धी पर्चा वितरण गरिएको थियो । चालकलाई म जिम्मेवार चालक लेखिएको स्टिकर समेत वितरण गरिएको थियो ।

You might also like

Comments are closed.