होण्डा एक्स ब्लेड पोखरामा (फोटो फिचरसहित)

पोखरा, १ असोज । होण्डा मोटरसाइकल तथा स्कुटरको लागि गण्डकी क्षेत्रको अधिकारिक बिक्रेता कुँवर ब्रदर्श एण्ड सन्स नयाँबजार पोखराले नयाँ होण्डा एक्स ब्लेड मोटरसाइकलको बिक्री सुरुवात गरेको छ ।  सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथि गण्डकी प्रदेशका ट्राफिक प्रमुख एसपी वीरेन्द्र बस्याल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सन्सका प्रवन्ध निर्देशक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्र कुँवरले मोटरसाइकलको बिक्री सुरुवात गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले मोटरसाइकलमा युवा पुस्ताको आकर्षण बढेको बताउँदै ट्राफिक नियमको पालना गरी सवारी चलाउन आग्रह गरे । पत्रकार महासंघका अध्यक्ष श्रेष्ठले बिक्री सँगसँगै सेवामा पनि चासो दिन आग्रह गरे ।

सन्सका प्रवन्ध निर्देशक कुँवरले मोटरसाइकलको बिक्रीमात्रै आफूहरुको लक्ष्य नभई बिक्री पछिको सेवालाई प्राथमिकतमा राख्ने गरिएको बताए । ‘हाम्रो सेवाबाट ग्राहकहरु सन्तुष्ट भएको पाएका छौं,’ उनले भने, ‘नयाँ बाइकमा युवा पुस्ताको आकर्षण बढ्नेमा हामी विश्वस्त छौं ।’

भारतीय बजारमा कही समय अगाडि लन्च भएको उक्त मोटरसाइलको नेपाली बजारमा पनि माग भएको कुँवरले बताए । १६० सिसी क्षमताको उक्त मोटरसाइलमा रोबो फेस एइडी हेड ल्याम्प प्रयोग गर्ने होण्डा एक्स ब्लेड पहिलो मोटरसाइल हो । नेपालको सडकहरुका लागि अति मोटरसाइकल उपयुक्त रहेको कम्पनीको दावी छ । बाइकलाई होण्डाले स्पोर्टी र मस्कुलर लुक दिएको कम्पनीले बताएको छ ।

बाइकमा लामो र आरमदायी सिट, मोनोसक सस्पेन्सन, स्ट्रिट टिच डिजिटल मिटर, डुअल आउटलेट मूफलर, राजोर इजड एलइडी टेल ल्याम्प, फराकिलो टायर, बढी समय टिक्ने सिल चेन जस्ता धेरै विशेषताहरु रहेको कुँवरले बताए ।

एक्स ब्लेडको मूल्य २ लाख ८५ हजार ९०० रुपैयाँ छ । यो बाइक नेपाली बजारमा विभिन्न ५ रङमा उपलब्ध छ । चाड पर्वको अवसरमा होण्डाका हरेक बाइक तथा स्कुटरमा विशेष छुट प्रदान गरिएको सन्सका सञ्चालक लता थापाले जानकारी दिइन् । बिक्री सुरुवात भएको पहिलो दिन नै ४ वटा बाइकको बिक्री र १५ वटा बुकिङ भएको कुँवरले जानकारी दिए ।

You might also like

Comments are closed.