होन्डा सीबी साईनको लिमिटेड एडिसन (मुल्य र बिशेषता सहित)

 

होन्डा सीबी साइनको लिमिटेड एडिसन भारतीय बजारमा लन्च भएको छ । ड्रम र डिस्क दुवै भेरिएन्टमा उपलब्ध सो बाइक ड्रम ब्रेक भेरिएन्टको मूल्य ५९ हजार ८३ र डिस्क ब्रेक भेरिएन्टको मूल्य ६३ हजार ७४३ भारु तोकिएको छ ।

लिमिटेड एडिसनको सो बाइकमा कलरफुल ग्र्याब ह्यान्डल, टु टोन कलर स्किम र नयाँ ग्राफिक्स छ । यो रातो र पहेलो गरी दुई नयाँ पेन्ट स्किममा उपलब्ध छ ।

बाइकको इन्जिनमा पनि कुनै परिर्वतन गरिएको छैन । सीबी साइन लिमिटेड एडिसनमा १२४.७ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन हुनेछ, जसले १० बीएचपी पावर र १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा समेत होन्डाको सीबी साइन सर्बाधिक बिक्री हुने मोटरसाइकलमा पर्छ । मो समयदेखि १२५ सीसी सेगमेन्ट लिडरको रुपमा परिचित सो बाइक अब लिमिटेड एडिसनमा आएको हो ।

You might also like

Comments are closed.