होमवर्क नगरेको भन्दै विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरा । विद्यार्थी कुटपिट गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. २५ हेम्जास्थित हेम्जा बोर्डिङ स्कूलमा अध्ययनरत १४ वर्षीया एक विद्यार्थीलाई होमवर्क नगरेको भनि सोही स्कूलका शिक्षक श्रीराम त्रिपाठीले कुटपिट गरेको आरोप छ ।

कक्षा कोठा भित्रै कुटपिट गरि विद्यार्थीलार्य घाइते बनाएको घटनामा संलग्न त्रिपाठीलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

You might also like

Comments are closed.