आर्थिक आवाज
पोखरा, ६ चैत । होलीलाई मध्यनजर गर्दै प्रहरीले गण्डकी प्रदेशभर विशेष सुरक्षा योजना बनाएको छ । हर्षउल्लासपूर्ण तरिकाले होली मनाउन आग्रह गर्दै प्रहरीले कानून विपरित क्रियाकलाप नगर्न सचेत गराएको छ ।
होलीका नाममा उच्छृङखल गतिविधि गरेमा तत्काल पक्राउ गरी कार्बाही गर्ने प्रहरीले योजना बनाएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लाले होलीलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता गोविन्द पुरीले जानकारी दिए ।
हेल्मेट नलगाई बाइक, स्कुटर चलाएमा, मादकपदार्थ सेवन गरेर ड्राइभिङ गरेमा, कसैको इच्छा बिपरित लोला हान्ने, रङ दल्ने गरेमा कार्बाही गरिने उनले बताए । ‘प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएका छौं,’ उनले भने, ‘ठाउँठाउँमा चेकिङ हुन्छन् ।’
Comments are closed.