१०२ औं सरसफाइ शान्ति बनमा, सिमसिम पानी पर्दापर्दै शान्ति बनमा सरसफाइ

पोखरा, ३० बैशाख।

पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको शान्तिवन वाटिकामा शनिबार पानी सिमसिम पर्दा पनि सरसफाइ गरिएको छ ।सरसफाइमा विभिन्न संघ संस्थामा सयौं ब्यक्ति स्वतस्फूर्त रुपमा सहभागी थिए ।

शान्तिवन बनभोजको लागि अत्यन्तै उपयुक्त स्थान हो तर तिनै रमाइलो गर्न आएकाले प्लास्टिक जन्य फोहोरको उचित ब्यबस्थापन नगर्दा बन क्षेत्रभित्र फोहर कुहिएर दुर्गन्ध आउन थालेको छ ।शनिबार करिब ५ टन फोहोर संकलन गरिएको वडा नं. ९ का सचीव तथा सरसफाइ अभियन्ता लोकदर्शन कोइरालाले बताए ।

बृहत पोखरा सरसफाइ अभियानको १०२ औं हप्ता चलिरहेको छ । सरसफाइमा जनचेतनाको वृद्धि हुँदै सहभागीता बढ्दै गएकोले १०० औं हप्ताको कार्यक्रमदेखि हरेक वडाहरुले आफ्नोे क्षेत्रमा सरसफाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।काठमाडौको बाग्मती सरसफाइ अभियानको प्रेरणा र पहिलै देखि भइरहेको सेती नदि जोगाउँ अभियानलाई बृहत पोखरा सरसफाइ नाम दिइएको थियो ।

कुनै पनि आर्थिक सहयोग नलाग्ने सो अभियानमा सुरुदेखि हालसम्म मुक्तिनाथ बैंक, ओम डेभलपमेन्ट बैंक, लगायतले उल्लेख्य विभिन्न सहभगिताका साथै सामाग्रीहरु सहयोग गरेका छन् ।

हरेक हप्तामा जस्तै यस हप्ता मा प्रदेश सभा सदस्य बिन्दु कुमार थापाले सहभागी तथा जनप्रतिनिधिहरुलाइ फोहोर नगर्ने, फोहोर गर्नेलाई कार्वाही गर्ने लगायत सपथ गराएका थिए ।

कार्यक्रममा प्रदेश नं. ४ का वातावरण तथा वन मन्त्रीका सचिव डा. बुद्धिसागर पौडेल, वन विज्ञान अध्ययन संस्थानका डिन डा. विरबहादुर खनाल, वडा अध्यक्ष रामराज लामिछाने, सशस्त्र प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

आगामी १०३ औं हप्ताको सरसफाई कार्यक्रम वडा नं. १५ र १७ को सिमानामा पर्ने ढुङ्गेसागुँमा हुने जानकारी गराईएको छ । कार्यक्रमको संचालन पोखरा वृहत सरसफाईका संयोजक रामबहादुर क्षेत्रीले गरेका थिए ।

You might also like

Comments are closed.