सार्वजनिक बिदा थपिदै, आफ्नै निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं, २० पुस । सरकारले सार्वजनिक विदा थप्ने भएको छ । आफ्नै पूर्वप्रतिबद्धताबाट पछि हट्दै सरकारले बिदा थप्ने निर्णय गरेको हो । २०७५ मा भन्दा २०७६ सालका लागि ११ वटा सार्वजनिक बिदा थपिने भएको छ ।

विभिन्न जातीय तथा सांस्कृतिक चाड विदा दिने निर्णयमा सरकार पुगेको हो । थपिएका बिदामा उभौली, उधौली, इदुल फित्र, बकरइद, मोहम्मद जयन्ती, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ, माघी, जनैपूर्णिमा छन् ।

You might also like

Comments are closed.