पोखरा, ७ फागुन । १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागिय धावकहरुको बर्चश्व रहेको छ । पोखरामा सोमबार सम्पन्न १२ औं पोखरा म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राईले हासिल गरेका छन । उनले ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पुरा गरका थिए । जित संगै उनले नगद ७० हजार प्राप्त समेत गरे ।
यसैगरी नेपाली सेनाका हरि कुमार रिमालले २ घन्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदै नगद ४५ हजार प्राप्त गरे । नेपाली सेनाका लाल बहादुर थापाले २ घन्टा ३९ मिनेट ३२.४ सेकेण्डमा आफ्नो दौड पुरा गर्दै तेश्रो भए । उनले नगद ३५ हजार पाए । शसस्त्र प्रहरी लाल बहादुर थापाले २ घन्टा ४५ मिनेट ४५.२ सेकेण्डमा चौथो हुँदै सान्त्वना स्वरुप नगद ५ हजार प्राप्त गरे । पोखरा म्याराथनमा १ सय १३ जना सहभागी थिए ।

१० किलोमिटर पुरुष तर्फको क्याटोगरीमा नेपाली सेनाले बाजी मारेको छ । यसतर्फ नेपाली सेनाका रामजी बस्नेत प्रथम, कल्याण बानिया द्वितीय र मिलन कार्की तृतीय भए । उनीहरुले क्रमशः नगद १५, १० र ५ हजार रुपैयाँ प्राप्त गरेका थिए । पुरुष १० किलोमिटर दौडमा ५ सय २१ जनाको सहभागिता रहेको थियो । १० किलोमिटर महिलादौडमा सहभागी ६३ जनालाई उछिन्दै शसस्त्र प्रहरी बलकी बिन्द्रा धन्के श्रेष्ठ प्रथम भइन् । नेपाली सेनाकी सरिता बाशी दोश्रो र शसस्त्र प्रहरी बलकी स्वास्तिका श्रेष्ठ तेश्रो भइन् । उनीहरुले क्रमशः नगद १५, १० र ५ हजार प्राप्त गरे ।
५ किलेमिटर छात्रतर्फ ८ सय ५१ जना प्रतिष्प्रर्धीलाई उछिन्दै जेशिज मावी भक्तपुरका सागर श्रेष्ठ प्रथम भए । ड्याफोडिल माबी पोखराका मनिस कार्की दोश्रो भए भने श्री जन सेवा माविका मदन ओलीले तेश्रो स्थान हात पारे । बिजेताहरुले क्रमशः नगद १०, ७ र ४ हजार प्राप्त गरेका थिए । सोही विधाको छात्रातर्फ श्री लक्ष्मी सेकेण्डरी माविका ललिता लामिछाने प्रथम भइन् भने सहिद स्मृति माविकी माधुरी देवी नर्कमी दोश्रो र शिसु कल्याण माविकी कृती थापा तेश्रो भइन् । उनीहरुले क्रमश नगद १०, ७ र ४ हजार प्राप्त गरे । छात्रातर्फ ५ किलोमिटर दौडमा ३ सय २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
४ सय मिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र बल बहादुर रोक्का तृतीय भए । सोही क्याटेगरीमा महिला तर्फ लक्ष्मी सुनार, अन्जु बराल र पुनम बिके क्रमश प्रथम, द्वितीय र तृतीय भए । उनीहरुले क्रमशः ५, ३ र २ हजार नगद पाए । पहिलो पटक आयोजना भएको १ सय मिटर दृष्टी बिहिन पुरुषतर्फ दौडमा आशिष खड्गी, दुर्गादत्त पौडेल र राजन चन्द क्रमश, प्रथम द्वितिय र तृतिय भएका छन भने महिला तर्फ मायाँ गौतम, बिपना खनाल र मुना अर्याल क्रमश प्रथम द्वितिय र तृतिय हुँदै नगद क्रमश ५, ३ र २ हजार प्राप्त गरेका छन ।
प्रतियोगिताको उद्घाटन गर्दै पोखरामा ‘रन फर फन’ इभेन्टमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत करिब ३ हजार पोखरेलीहरु रङशालामासंगै दौडिएका थिए । सम्पन्न कार्यक्रममा खेलकुदको क्षेत्रमा विशेष योगदान गरे वापत राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षण विभागका निर्देशक रिम बहादुर रानाभाट र कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहलाई सम्मान गरिएको थियो । कार्यक्रमलाइ सम्वोधन गर्दै प्रदेश नं ४ संघिय मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले खेलकुद विकासका लागि योजनाका साथ अगाडी बढ्ने बताए । हरेक पालिकामा स्तरयि खेल मैदान निर्माण गर्ने प्रतिवद्धता अनुरुप संघिय प्रदेशले कार्य गर्ने बताए ।
प्रतियोगितामा बिजयी खेलाडीलाई प्रदेश नं ४ संघिय मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमान, प्रतियोगिताका प्रमुख प्रायोजक संस्था लक्ष्मी हाउस ग््रुपका कार्यकारी अध्यक्ष गणेश बहादुर श्रेष्ठ, सहारा युकेका सल्लाहकार महेश गुरुङ, दिलराज गुरुङ, सिइओ धनु थकाली, राखेपका विभागीय प्रमुख बाशु देव आचार्य, एडुभेन्चर स्र्पोट्सका निर्देशक शिखर पाण्डे लगायतले खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम भुतपूर्व खेलाडी मंचका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
पोखरा म्याराथनको विशेष सहयोगीमा पोखरा लेखनाथ महानगरपालिका रहेको थियो भने सहप्रायोजकमा एड्भेन्चर स्पोर्ट्स नेपाल प्रा.लि., गण्डकी बिकास वैंक लि., उपप्रायोजकमा लुम्विनी विकास बैंक लि., सहारा युके रहेका थिए । प्राविधिक सहयोगीमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति र साइकल सिटी पोखरा र सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, ट्रेनर नेपाल, पोखरा टेलिभिजन लगायत संस्थाहरु थिए ।
Comments are closed.