पोखरा, ७ असोज । पोखराका विभिन्न पेट्रोल पम्पबाट आज पेट्रोल वितरण गरिने भएको छ । ५६ हजार लिटर वितरण गरिने पेट्रोलियम डिलर्स पोखरामा अध्यक्ष राजन गोङ्गजूले जानकारी दिए ।
आपूर्ति सहज गर्न नेपाल आयल निगम गगनगौंडा डिपोबाट पेट्रोल झिकेर पम्पलाई वितरण गरेको उनले बताए । पोखरामा दैनिक १ लाख लिटर पेट्रोल खपत हुने भएपनि पाँच दिनदेखि आवश्यक मात्रामा पेट्रोल आएको छैन ।
पेट्रोल वितरण हुने स्थानहरु
१ इन्द्रज्योती आयलस्टोर बुढिबजार
२ पन्चरत्न आयल स्टोर बसपार्क
३ कमला आयल स्टोर
४ अन्नपूर्ण आयल स्टोर बिरोटा
५ अटो क्लिन नयाँ बजार
६ न्युविवेक नयाँ बजार
७ रानीपौवा आयलस्टोर रानीपौवा
८ बराल आयल स्टोर मासबार
९ कालिका फ्युल स्टेसन मालेपाटन
१० लान्दुक आयल स्टोर हरिचोक
११ थापा आयल स्टोर हेम्जा
१२ नमिता आयल औद्योगिक क्षेत्र
१३ ऋषि एण्ड ब्रर्दश बुद्धचोक
१४ मनकामना आयल स्टोर बुद्धचोक