१५ करोडको कारोबार र ३ लाख दर्शक भित्र्याउँदै लेखनाथ महोत्सव सम्पन्न

बजारीकरण र पुँजी निर्माणका लागि मेला महोत्सव महत्वपूर्ण : गुरुङ

आर्थिक आवाज
लेखनाथ, १६ पुस । लेखनाथमा सञ्चालित १६औं संस्करणको लेखनाथ महोत्सव मंगलबार सकिएको छ । गत पुस ३ गतेदेखि सञ्चालित महोत्सवको मंगलबार समापन गरिएको हो । १३ दिनसम्म चलेको महोत्सवमा आयोजकले अनुमान गरेको दर्शकको संख्या र आर्थिक कारोवार प्राप्ती भएका संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

अहिलेसम्म कै उत्कृष्ट महोत्सवका रुपमा स्थापित भई सफतापूर्वक सकिएको आयोजकको दावी छ छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ शुरु भएको महोत्सव अवधिभर करिव तीन लाख दर्शकले मेलाको अवलोकन गरेको ढकालले बताए । महोत्सव अवधिभर सबैको साथ र सहयोगले सोचेभन्दा बढि सफलता हात पारेकोे ढकालको भनाई छ । महोत्सव अवधिभर करिव १५ करोड रुपैयाँ बरावरको आर्थिक कारोवार भएको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिए ।

महोत्सव समापन समारोहमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मेला महोत्सवले आर्थिक चलायमान हुने भएकाले बजारीकरण र पुँजी निर्माणका लागि मेला महोत्सव महत्वपूर्ण हुने बताए । खर्च गर्नेले कमाउन प्रयास गर्ने र कमाउनेले खर्च गर्ने भएकाले उत्पादकदेखि उपभोक्तासम्मलाई मेलाले फाइदा पुग्ने उनको धारणा छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानवहादुर जिसीले यस प्रकारका मेला महोत्सवले पोखरालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग मिलेको र स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा सहयोगी शिद्ध भएको धारणा राखेका थिए ।

महोत्सवको आयोजक लेखनाथ उद्योग वाणिज्य संघ भए पनि यहाँ रहेका सामाजिक संघ संस्थादेखि स्थानीयबासी सबैले आफ्नो महोत्सवका रुपमा लिएकाले महोत्सव पोखरा कै ब्राण्ड भएको बिचार राख्दै प्रमुख जिसीले महोत्सवले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याएको धारणा राखे ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद र महासचिव गोपिचन्द्र बास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

महोत्सवमा राखिएको रत्यौली गीतमा सहभागी १५ वटै समूहलाई सहभागीत्तामक प्रोत्साहन पुरस्कार प्रदान गरिएको रत्यौली गीतकी संयोजक मेनुका श्रेष्ठले जानकारी दिइन् । महोत्सव अवधिभर ३८ वटा विद्यालयहरुले आआफ्नो प्रस्तुति देखाएको संयोजक धु्रववावु भट्टराईले बताएका छन् ।

यता महोत्समा राखिएको झाँकी ¥याली प्रदशनीमा सहभागी ३७ समूहहरु मध्यबाट नेपाल मगर संघ सैनिकबस्ती इकाइ समिति प्रथम, नेपाल मगर संघ बुढिबजार इकाइ समिति द्वितीय र तमु प्हेल्हु संघ स्याङजाली तमु समाजले तृतीय स्थान हासिल गरेको कार्यक्रम संयोजक बुद्धिमाया थापा मगरले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.