१६ करोड रुपैयाँ लागतमा लेखनाथमा खुल्यो ‘सेभेन लेक्स रिसोर्ट’

आर्थिक आवाज
लेखनाथ २२, चैत । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी कास्कीको लेखनाथमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी विनोद गुरुङले पोखरा महानगरपालिका वडा नंं २९ भण्डारढिकमा ‘सेभेन लेक्स रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् । रिसोर्टको एक कार्यक्रमका बीच शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे । १६ करोड रुपैयाँ लगानीमा रिसोर्ट स्थापना गरेको सञ्चालन गुरुङले जानकारी दिए ।

सात सय २५ मिटर अग्लो डाँडामा प्राकृतिक स्वरुप नबिग्रने गरी रिसोर्ट निर्माण गरिएको गुरुङले बताए । ‘रिसोर्टबाट मनोरम हिम श्रृंखला, बेगनास तथा दिपाङ ताल र पोखरा उपत्यकाको दृश्यावलोकन गरी पर्यटकले आनन्द प्राप्त गर्न सक्छन्,’ उनले भने, ‘लेखनाथ क्षेत्रमा पर्यटक बढाउन रिसोर्टलेम महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।’ गुणस्तरीय खानाका साथ स्वदेशी तथा विदेशी परिकार उपलब्ध हुने गुरुङले जानकारी दिए । ‘पारिवारिक वातावरणमा पर्यटकलाई सेवा प्रदान गर्नेछौं,’ उनले भने ।

रिर्सोटमा फेमिली डिलक्स, डिलक्स डवल, डिलक्स ट्विन र सुपर डिलक्स गरी सुविधा सम्पन्न १९ वटा कोठ रहेको गुरुङले बताए । वातानुकुल सेमिनार हल, रेटुरेण्ट तथा बार एवं आरामदायी स्विमिङ पुलको सुविधा पनि छ । पोखरा–काठमाडौं राजमार्गको भण्डारढिकदेखि १.५ किलोमिटर, पोखराबाट १३ किलोमिटर र निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलोमिटरको दुरिमा रिर्सोट अवस्थित छ । पोखरा एयरपोर्टबाट पर्यटकलाई ल्याउने लैजाने सुविधा सहित गुणस्तरीय बसाईंमा विशेष ध्यान दिइएको बताइएको छ । रिर्सोटमा प्रत्यक्ष रुपमा अहिले ३० र अप्रत्यक्ष रुपमा १ सय जनाले रोजगारीको अवसर पाएको गुरुङले जानकारी दिए ।

स्वदेशी लगानीको संरक्षण हुन्छः मन्त्री लम्साल

रिसोर्टको उद्घाटनका अवसरमा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन उद्योगमा भएको स्वदेशी लगानीलाई संरक्षण गरिने बताएका छन् । मन्त्री लम्सालले पर्यटन क्षेत्रमा आउने समस्याले स्वदेशी लगानीकर्ता टाट पल्टने अवस्था आउन नहुनेमा जोड दिए । राज्यका कुनै पनि निकाय र नीतिका कारण पर्यटन व्यवसायीलाई अप्ठ्यारो नपर्ने उल्लेख गर्दै, ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे ।

पोखरामा क्षत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि यहाँका रिर्सोट तथा होटलले सेवा दिएरै नभ्याउने दावी गरे । ‘पोखरा संभावनाको शहर हो,’ उनले भने, ‘त्यसमा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदैछ, त्यो देखेर पनि विदेशी ठुला लगानीकर्ताले झण्डै २ सय होटलमा लगानीका लागि ठाउँ र वातावरण खोजेका छन् ।’ लगानी सम्मेलनमा आएका चिनियाहरुले पर्यटन उद्योगमा लगानीका लागि ठाउँ खोज्दै पोखरासम्म आइपुगेको समेत उनले बताए ।

गण्डकी प्रदेशले २०१९ लाई आन्तरिक पर्यटन वर्षका रुपमा अभियान अगाडि बढाइरहँदा पछिल्ला समयमा पोखरामा निर्माण भएका होटल तथा रिर्सोटले थप सहयोग पु¥याउने उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइरालाले रिर्सोटको संचालनबाट रोजगारीको अवसर सिर्जना भएको उल्लेख गर्दै स्थानीय कृषकको उत्पादनले समेत स्थान पाउनुपर्नेमा जोड दिए । रिर्सोटको संचालनबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै जनाले रोजगारी पाउने उल्लेख गर्दै राज्यले पर्यटन उद्योगलाई विशेष महत्वका साथ हेर्नुपर्नेमा जोड दिए । अर्का सांसद विन्दु कुमार थापाले पर्यटकीय संभाव्यता बोकेका गण्डकी प्रदेशका सवै क्षेत्रमा सुविधा सम्पन्न रिर्सोट तथा होटल खुल्नु पर्ने उल्लेख गर्दै त्यसका लागि राज्यले वातावरण बनाउनु पर्नेमा जोड दिए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले खेर गइरहेको जमिनलाई व्यवस्थापन गरेर आकर्षक रिर्सोट संचालनमा आएको भन्दै त्यसलाई संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.