१७ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ९ बाट

पोखरा, १८ पुस ।

“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करण २०७५ साल फागुन ९ गते देखी १८ गते सम्म पोखरा रंगशालामा हुने भएको छ ।

प्रतियोगितामा विदेशी, ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्र टिमहरु र आयोजक सहारा क्लब पोखरा रहेकाछन् । विगत १७ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुने रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन् । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ ।

“एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै फुटबल प्रतियोगिता रहेको हुँदा सम्र्पुण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेकाछौ” क्लब द्वारा जारी विज्ञप्तीमा भनिएको छ । साथै यस प्रतियोगितको प्रचार प्रसारको लागि एनटिसी र एनसेलमा रिङ्गटोनको व्यवस्था गरिएको क्लबले जनाएको छ ।

“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यावाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ ।

साथै रेडबुलको सह प्रायोजक, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा, एक्स टेप अफिसियल स्र्पोट वयर, अफिसियल बैंक लुम्बिनी विकास बैंक अफिसियल एयरलाईन्स बुद्ध एयर, अफिसियल ड्रिङ्ग वाटर ईको पानी, कोकाकोला, एल. जि. टि. भि., सानमिगल सहयोगी संस्थाका रुपमा रहेका छन ।

यसका साथै पोखरा महानगरपालिकाको संयोजन, प्रवद्र्धक नेपाल पर्यटन बोर्ड राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के., सहारा हङ्गकङ्ग, सहारा अष्ट्रेलिया समेतको बिशेष सहयोगमा क्लबले यस प्रतियोगिताको आयोजना गर्न लक्ष्य लिएको क्लबले जनाएको छ ।

प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउनु रहेको क्लबका महासचिब विश्वराज वरालद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

You might also like

Comments are closed.