१८औं वार्षिकोत्सव मनाउँदै नोभेल एकेडेमी, सप्ताहव्यापी कार्यक्रम गरिदै

आर्थिक आवाज
पोखरा । नोभेल एकेडेमी पोखराले आफ्नो १८औं वार्षिकोत्सव तथा एवार्ड सेरमोनी मंसिर १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

मंसिर १० गतेबाट सुरु गरिने कार्यक्रम अन्तर्गत १० गते नोभेल हल्ट प्राइज वातावरण संरक्षण शीर्षकमा प्रतियोगिताको आयोजना गरिने बताइएको छ । ११ गते कलेजको प्राङ्गण भित्र विभिन्न जडीवुटी, औषधिजन्य बिरुवाको वृक्षरोपण, तेस्रो दिन मंसिर १२ गते नर्सिङ तथा फार्मेसीमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुको सहकार्यमा पोखरा छोरेपाटनस्थित मानवसेवा आश्रमको प्राङ्गणमा १०१ जना बिरामी तथा त्यहाँ आश्रित व्यक्तिहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण कार्यक्रम, साथै त्यहाँ आश्रित व्यक्तिहरुको लागि दिवा खाना पनि खुवाउने कार्यक्रम रहेको क्यापको संयोजक नर्सिङ क्याम्पस प्रमुख धर्मशिला थापाले बताइन् ।

बि.फार्मेसीमा अध्ययनरत विद्यार्थीहरुका लागि मंसिर १३ गते फार्मा क्विज कक्टेस, मंसिर १५ गते कलेज क्षेत्र वरिपरि वातावरणीय सचेतना सरसफाई तथा कलेजको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम गरिने बताइएको छ । मंसिर १६ गते १८औं वार्षिक समारोहलाई विशेष कार्यक्रम गरी समापन गर्ने तयारी भइरहेको संस्थाका अपरेशन म्यानेजर दीनेश भण्डारीले बताए ।

नोभेल एकेडेमीको प्राङ्गणमा संचालन हुने उक्त कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ । विभिन्न सेमेस्टर तथा ब्याचमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीका साथै उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीलाई लाई उक्त समापन समारोहमा पुरस्कार तथा एवार्डले सम्मान गरिने बताइएको छ ।

१८ वर्ष अघि क्याब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभल कार्यक्रम स्थापना गरि सुरुवात गरेको नोभेल एकेडेमीले हाल पोखरा र यस क्षेत्र आसपासका विद्यार्थीहरुका लागि स्नातक तहमा बि.बि.ए., बि एस्सी नर्सिङ, तथा बि फार्मेसी र स्नातकोत्तर तर्फ एम.बि.ए को कक्षा संचालन गर्दै आइरहेको छ ।

सम्पूर्ण भौतिक पूर्वाधारले सम्पन्न यस एकेडेमीमा अनुभवी शिक्षक, उचित प्रयोगात्मक अभ्यास तथा पूर्ण शैक्षिक वातावरणमा पढाई हुने भएकाले नै यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरु बेरोजगार बस्नु नपरेको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले बताए ।
कार्यक्रमलाई भव्य रुपले सञ्चालन गर्नको लागि संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यको संयोजक तथा सदस्यहरु सीता लामिछाने, दीनेश भण्डारी, धर्मशिला थापा, पुरुषोत्तम पहारी, प्रकाश पौडेल, हरिप्रसाद पौडेल, भरत लामिछाने तथा सुरज तिवारी सहित ९ जनाको मूल आयोजक समितिको समेत गठन गरिएको बताइएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.