१८ दिनमा ४ हजारलाई नि:शुल्क भोजन

 

पोखरा । नेपाल मानव धर्म सेवा समिति, पोखरा गण्डकी प्रदेशद्वारा आयोजीत निःशुल्क भोजन वितरण कार्यक्रम शुक्रबार १८ औं दिनमा सम्पन्न गरिएको छ ।

कोरोना भाईरसका कारण आर्थिक रुपमा प्रत्यक्ष असर परेका विपन्न समुदायलाई लक्षित गरी गत बैशाख १५ गतेदेखि शुरु भएको निःशुल्क भोजन वितरण कार्यक्रम अनुसार पोखरा २६ मा रहेको सतलोक आश्रम र श्री हंस सनातन मन्दिर पोखरा ११ रानीपौवाबाट दैनिक रुपमा भोजन वितरण गरिंदै आएको थियो ।

यहि क्रममा जेठ २ गते अन्तिम दिनमा मात्रै तिन सय ११ जनालाई भोजन वितरण गरिएको छ । यस निःशुल्क भोजन वितरण कार्यक्रम अन्तरगत जेष्ठ २ गतेसम्म आईपुग्दा ३ हजार ९ सय २८ जनाले निःशुल्क भोजनको सेवा लिएका कार्यक्रम संयोजक ओम उपाध्यायले वताए ।

You might also like

Comments are closed.