कास्कीका १९ वटा सञ्चार माध्यमको अनुगमन, श्रमजीवी एेन लागु भएन (प्रेस विज्ञप्तिसहित)

आर्थिक आवाज
पोखरा, २ मंसिर । नेपाल पत्रकार महासंघ कास्कीको अगुवाइमा कास्कीका सञ्चार माध्यमहरुको अनुगमन गरिएको छ । १९ वटा सञ्चार माध्यममा अनुगमन गरिएको अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । पत्रकारको पेशागत सुरक्षाका लगि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने उद्देश्यले मिडिया अनुगमन गरिएको उनले बताए ।

महासंघका पूर्व अध्यक्ष पूण्य पौडेलको संयोजकत्वमा अनुगमन गरिएको हो । प्राय सञ्चार माध्यमले ऐन लागु नगरेको पाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । नयाँ ऐन कुनै पनि सञ्चार माध्यममा लागु नभएपनि पुरानो ऐन भने केही सञ्चार माध्यमले कार्यान्वयन गरेको पाइएको छ ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ

प्रेस विज्ञप्ती

मिति ः २०७५÷०८÷०२ गते

नेपाल पत्रकार महासंघ कास्की शाखाले कास्कीमा संचालित मिडिया हाउसहरुको कार्तिक २७ र २८ गते स्थलगत अनुगमन गर्यो । पत्रकारको पेशागत सुरक्षाका लगि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने उद्देश्यले मिडिया अनुगमन गरिएको थियो । दैनिक पत्रिका, टेलिभिजन, एफ एम रेडियो र अनलाइन गरी पहिलो चरणमा १९वटाको स्थलगत अनुगमन गर्दा सरकारले हालै जारी गरेको न्यूनतम पारिश्रमिक भने कार्यान्वयन गरेको पाइएन । यस अघि सरकारले तोकेको न्यूनतम पारिश्रमिक र अन्य सुविभा भने केहि मिडिया हाउसले कार्यान्वयन गरेको पाइयो ।

अनुगमनका क्रममा मिडियाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न तत्परता देखाए पनि कार्यान्वयनमा समस्या रहेको अनुगमनका बेला पाइएको ले, पत्रकारको पेशागत सुरक्षा र पत्रकारिताको विकासका लागि श्रमजिवी पत्रकार एैन कार्यान्वयन गर्न पत्रकार महासंघ कास्की माग गर्दछ । पत्रकारलाइ काममा लगाउँदा नियुत्ति पत्र दिन, तोकिएको न्युनतम पारिश्रमिक दिन, संचयकोष कट्टि गरी कर्मचारी संचयकोष मा जम्मा गर्न, दुर्घटना र स्वास्थ्य विमा गर्न, उपदानको ब्यवस्था गर्न, पत्रकारको बृत्ति विकासका कार्यक्रम गर्न सबै मिडिया संग आग्रह गर्दछौं ।

पत्रकारले पनि श्रमजिवी पत्रकार ऐन ले तोकेको ब्यवसथा अनुसार आफ्नो अधिकार खोज्न र कुनै समस्या आइ परे नेपाल पत्रकार महासंघ कास्की शाखामा सम्पर्क राख्न समेत अनुरोध गर्दछौं ।

दीपेन्द्र श्रेष्ठ
अध्यक्ष

You might also like

Comments are closed.