२०४७ एसएलसी समूहद्वारा खैरेनी मा.बि.को स्वर्णद्वार निर्माण

 

तनहुँ, ५ माघ

खैरेनी मा.बि. खैरेनिटारको २०४७ एसएलसी समूहद्वारा बिद्यालयको स्र्वण जयन्तिको अवसरमा स्र्वर्णद्धार निर्माण गरी हस्तान्तरण गरेको छ । स्कूलका २०४७ सालमा एसएलसी दिएका बिद्याथीहरुले आर्थिक तथा भौतिक सहयोग गरी निर्माण गरेको स्वर्णद्धारको गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वि सुब्बा गुरुङले उद्घाटन गरे ।

बिद्यालयका प्रधानाध्यापक केशबराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम बिद्यालयका सहायक प्रधानाध्यपक रामचन्द्र बगालेले संचालन गरेका थिए । स्वर्णद्धार हस्तान्तरणको कार्यक्रम २०४७ समूहका सचिब उपेन्द्र तिमिल्सिनालेगरेका थिए । समूहका संयोजक हरी थापाले बिद्यार्थीहरुले स्कूलप्रति उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने मान्यताका साथ उक्त ब्याचका बिद्यार्थीहरु एकजुट भएका र यस कार्यले अन्य ब्याचका बिद्यार्थीहरुलाई पनि बिद्यालयलाई सहयोग गर्न उत्प्रेरणा मिल्ने बिश्वास लिएको बताए । समूहका कोषाध्यक्ष रबिन्द्र पौडेलले धन्यवाद ज्ञापन गर्दै समूहका २९ जना बिद्यार्थीहरु भेला भएको, अहिलेसम्म उक्त समूहका ६० जना बिद्याथीहरु समूहमा सम्पर्कमा रहेको र समूहको यस कार्यमा साथ दिंदै २ जना स्वर्गिय बिद्यार्थीका परिवारले समेत स्वर्गिय बिद्यार्थीको तर्फबाट आर्थिक सहयोग गरेको बताईएको छ । समूहका बिद्यार्थीहरुमध्ये कतिपय साथिहरु २८ बर्षपछि भेट हुंदा खुशी  भई बिद्यालयका गतिविधीहरु अवलोकन गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका संसद माननिय केदार सिग्देल र आशा कोईराला, शुक्लागण्डकी न.पा.का मेयर किशन गुरुङ, गण्डकी प्रदेशमा मुख्य सचिब लक्ष्मि राम पौडेल, शुक्ला गण्डकी न.पा.का शिक्षा प्रमुख नेपाल हरी रानाभाट, पूर्व बिद्यार्थी, प्रा.डा. चन्द्र बहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष कमल मोहन घिमिरे, पूर्व प्रधानाध्यापक प्रेम बहादुर थापा, नागरीक समाजका अध्यक्ष खेम राज खनाल, भू.पू. बिद्यार्थी संघका पूर्व अध्यक्ष पुरुषोत्तम लामिछाने लगायतले वोलेका थिए ।

You might also like

Comments are closed.