२० औं पोखरा सडक महोत्सव सफल पार्न बृहत छलफल

 विभिन्न उप–समितिको घोषणा

पोखरा, ८ मंसिर ।

रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि १७ गते सम्म लेकसाइडमा हुने २० औं संस्करणको पोखरा सडक महोत्सव सफल पार्न बृहत अन्र्तक्रियात्मक छलफल सम्पन्न भएको छ । कास्कीको धम्पुसमा भएको अन्र्तक्रियाका सहभागिहरुले महोत्सव सफल पार्न संस्थागत एवं व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । साथै महोत्सव अझै उत्कृष्ट बनाउनका लागि सुझाव सल्लाह समेत प्रकट गरे ।

कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले महोत्सवको आयोजक रेवान भएपनि यो समग्र पोखरेलीको महोत्सव भएको जनाए । उनले पर्यटन सम्बद्ध सम्पूर्ण संघसंस्थाहरुलाई महोत्सव सफल पार्न आग्रह गरे ।

सोही समारोमा रेवान पोखराका अध्यक्ष भिमसेन भुजेलले महोत्सव सफल पार्न गठिन विभिन्न उपसमितिका पदाधिकारीको घोषणा गरेका थिए । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भुजेल आँफै रहेका छन् भने सह–संयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई चयन भएका छन् ।

कार्यालय प्रशासन, मिडिया तथा प्रचार प्रसारमा उपसमितिमा महासचिव गणेश थापा र विकास भट्टराई, आर्थिक, टिकट व्यवस्थापनमा उपसमितिमा लोक गुरुङ, रोशन जंग कार्की, पास र कुपन व्यवस्थापनमा वलराम पहारी, योगेश भट्टराई, खाना तथा खाजा व्यवस्थापनमा उपसमिति दिल श्रेष्ठ चयन भएका छन् ।

त्यसै गरी जन सम्पर्क उपसमितिमा पुर्व अध्यक्ष गोपी वहादुर भट्टराई, सुरक्षा उपसमितिमा राजेन्द्र ढकाल, नरेश भट्टराई, सुर्य वहादुर भुजेल, सांस्कृतिक उपसमितिमा भरत राज शर्मा, झाँकी व्यवस्थापन चौ वहादुर गुरुङ्ग, खेलकुद उपसमितिमा विकास भट्टराई, बाटो सजावट उपसमितिमा वलराम पहारी, ज्याक तामाङ्ग, दोर्जे लामा, स्टल व्यवस्थापन तथा चिल्ड्रेन पार्क लक्ष्मण वराल, विष्णु वानियाँ, श्रीराम गिरी, गेट सजावट लोक वहादुर गुरुङ्ग, दोहोरी गित उपसमितिमा भरत राज शर्मा, सालिकराम पौडेल, दल वहादुर केसी, प्रमोशन टुर उपसमितिमा सुर्य वहादुर भुजेल, होटल व्यवस्थापन तथा अतिथि सत्कार राजेन्द्र ढकाल, यातायात व्यवस्थापन तथा पार्किङ व्यवस्थापन दिल गौतम, कृष्ण श्रेष्ठ, शंकर पोखरेल, रामु गौतम, चन्द्र पौडेल चयन भएका छन् ।

स्वयं सेवक ब्यवस्थापन धनन्जय सिंह, फोहर मैला व्यवस्थापन तथा सरसफाई उपसमिति भिमसेन भुजेल, आपतकालिन स्वास्थ्य सेवा उपसमिति विश्व राज पौडेल, नविन चालिसे, भिष्मराज पौडेल, बिष्णु अर्याल (सेवा हस्पिटल पोखरा), डा. मान गुरुङ्ग, छपाई, टोकन अफ लभ, डिजाईनिङ्ग उपसमिति वसन्त गौतम, निरञ्जन ढकाल, इभेन्ट म्यानेजमेन्ट वैभव पौडेल, रोशन जंग कार्की, सञ्जु सुनार, व्यानर उपसमिति संयोजक लोक बहादुर गुरुङ्ग, बिकाश गुरुङ रहेका छन् ।
ईलेक्टोनिक मिडिया उपसमिति गणेश थापा, विकाश भट्टराई, एरिया संयोजकहरु शहिद चाोक देखी गौरीघाट सम्म दल वहादुर केसी, गौरी घाट देखी वाराही चोक सम्म कमल भुजेल, वाराहीचोक देखी हल्लनचोक सम्म अजय श्रेष्ठ, हल्लनचोक देखी गैराको चौतारा सम्म दिल श्रेष्ठ चयन भएका छन् ।

You might also like

Comments are closed.