२० वर्ष पुराना गाडीसँग ‘ड्याटसन रेडी गो’ साट्ने अफर

पोखरा, ५ चैत । निशान मोटसर््को उत्पादन ड्याट्सनले विशेष अफर सार्वजनिक गरेको छ । ड्याट्सनको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता थ्रि एस ट्रेड हाउस नयाँबजारले अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत विशेष छुटमा ड्याट्सन रेडी गो बिक्री भइरहेको निर्देशक गोपाल बरालले जानकारी दिए ।

रुट परमिट भएका २० वर्ष भन्दा पुराना गाडीको सट्टामा एक हजार सिसी र ८ सय सिसीको ड्याट्सन रेडी गो साटफेर गर्न सकिने बरालले बताए । ‘नयाँ मोडलका गाडीहरु अफरमा धमाधम साटफेर भइरहेका छन्,’ उनले भने ।

साटफेरको सुविधा, १८५ एमएम ग्राउण्ड क्लिरेन्स, बैंक फाइनान्सको सुविधा, हजार सिसीका लागि २२ दशमलव ५ प्रतिलिटर माइजेल, ८ सय सिसीका लागि २५ दशमलव ७ प्रतिलिटर माइलेज, ३ वर्षको वारेन्टी तथा ३ वर्षसम्मको निःशुल्क सर्भिस सुविधा लगायतका विशेषता गाडीमा उपलब्ध रहेको प्रवन्ध निर्देशक रामबहादुर कार्की (अशोक)ले जानकारी दिए ।

सार्वजनिक र निजी प्रयोजनका लागि ड्याटसनका कार पोखराबाट बिक्री भइरहेको निर्देशक बरालले बताए । ‘ड्याटसनका पार्टस सर्वशुलभ उपलब्ध हुने भएकाले पनि कार बिक्री बढेको हो,’ बरालले भने । आकर्षक डिजाइनमा उपलब्ध कारले राम्रो माइलेज दिने उनको दावी छ ।

You might also like

Comments are closed.