“२१औ शताब्दीको नारामा स्वतन्त्रता भोगाइमा पिडा नारी”

महिलाहरु प्रति हाम्रो समाज किन यति सार्है अनुदार छ?

सुशिला सिग्देल
कमसेकम नारी र पुरुषलाइ हेर्ने नजर परिवर्तन गरियोस सानोमा जुन छोरीले सुभकार्य सुरुगर्दा शक्तिको प्रतिक पबित्र देबी कुमारीसंग तुलना गर्छौ तर बिडम्बना एकचोटी बिहे गरेर गईसकेको छोरीहरु छोडपत्र गरेर फेरी माईत फर्कि आउदा न त आकास नै खस्छ । नत यो धर्ती नै भासिन्छ, न हावा चल्न बन्द हुन्छ ,न सुर्य र तारा उदाउन नै छोड्छन । त्यसैले छोरीलाई त्यो घरमा बस्नु छैन । उनलाई त्यो जीबन साथी चाहिदैन भने कर नगर्नुस, सहर्ष स्वागत गर्नुस र हौसला बढाउनुस। तपाईकी छोरी जिउदो भए त्यस्ता ज्वाई कति पाईन्छ कति, सधै अरुले के भन्ला भनेर सोच्नु भयो भने तपाईको जीबन एक दिन बर्बाद हुन्छ। त्यसैले अरुको पछि नलाग्नुस,आफनै खुशी र सुखको पछि लाग्नुस, तबमात्र तपाईको जीबन सफल हुनेछ नत्र सारा अपजस तपाइको छोरीमाथी थुपारी दानविय मूत्युबरण गराइ सुसाइट गरिन भनि झुटो खबर पठाउनेछन। नर्कको जीबन बाँचेर भए पनि बाउ आमा र माईतीको ईज्जत धानि दिईएकी हुन्छिन ।

 

पुरुषले श्रीमती बितेको बर्षदिन पुग्न नपाउदै छाती ठोकेर अर्को श्रीमती ल्याउदा समाजमा कत्रो मानसम्मान गरिन्छ । भोज भतेर नाच गान गरेर, गर्ब गरिन्छ तर समाजमा बिधुवा बुहारी वा छोरीलाई आजिबन मरेको पतिको फोटो हेरेर मात्रै जीबन काटन बाध्य पारिन्छ? छोरी बुहारीलाई जीबन साथी चाहिदैन? महिला बिना पुरुषलाई मात्रै गार्हो हुने हो? महिलालाई चै गार्हो हुदैन? उनीहरुको बारेमा एक कदम अघि बढेर किन सोच्न सक्दैनौ?

 

नेपालमा बिगतमा एकजना चर्चित बैकर रबिना देशराजले भनेकी थिईन,दुईटा श्रीमान राख्न चाहन्छु किनकी पुरुष प्रधान समाजलाई त्यो भनाई एउटा गतिलो झटारो थियो। पुरुषले २-३ जना श्रीमती राख्दा पनि सजिलै पचाउने यो समाजले कुनै महिलाहरुले चिनेको साथीको बाईक वा कारमा संगै हिडेको देखेमा कुनै पुरुषलाइ आफनो शुभचिन्तक ठानी कुनै सल्लाह माग्दा मात्रैपनि नराम्रो आँखाले हेर्ने गर्छन त्यतीमात्र होइन बिस्तारै ती नारीको नाम तिनै पुरुषसंग जबरजस्ती जोडिदिन्छन तर एउटा तितोसत्य गोप्यकुरा भन्न चाहन्छु कुनै पनि पुरुषहरु जस्तो सुकै सोझो भए पनि आफ्नो जीबनकालमा कम्तिमा पनि २-४जना महिलाहरुसंग गोप्यरुपमा सम्बन्ध राखेका हुन्छन।पुरुषहरु यो संख्या जति बढाउदै जान्छन त्यति गर्ब र बहादुर महसुस गर्छन र आफ्नो नजिकको साथीहरुसंग त यस्ताकुराहरु सगर्व सुनाउने गर्छन, मैले त फलानीलाई त ……..तर त्यही महाशयले बिहे गर्दा कुमारी भर्जीन श्रीमती चाहिन्छ । आफु चै दुनियाँ भ्याएर हिडने? तर आफुलाई चै भर्जीन श्रीमती चाहिन्छ, यो भन्दा हास्यास्पद र पाखण्डी सोचाई अरु के हुन सक्छ?मिलेर बस्नु ,नत्र तिमी फर्किएर माईत आउदा सामाजले के भन्ला,नातापाता ईष्टमित्रले के भन्लान?

 

चीन, अमेरिका,युरोप तिर बिचार नमिले छोडपत्र गर्ने चलन सामान्य हुन्छन किनकी उनीहरुले राम्रोसंग बुझेका छन की जहा जन्म हुन्छ,त्यहा मृत्यु पनि हुन्छ। जब बिबाह हुन्छ त्यहा छोडपत्र पनि हुन्छ । श्रीमान श्रीमती भनेको एक रथको दुई पांग्रा हुन, यदि कुनै एउटा पांग्रामा सानो पंचर भयो भने टाल्ने कोसीस गर्नु पर्छ । ठुलै भ्वाङ परेको छ भने चक्कै फेर्नुपर्छ, नत्र त्यतिकै गुडाउन थाल्यौ भने घस्रण भएर आगो लागी पुरा रथलाई जलाएर खरानी बनाईदिन्छ।
एन्जेला मर्केल, हिलारी क्लिनटन,थेरेसा मे,सोनिया गान्धी,आङ साङ सुकी,अनुराधा कोईराला,पुस्पा बस्नेत,शुसीला कार्की, बिद्या देवी भन्डारी, मनीषा कोईराला, रबिना देशराज श्रेष्ठ जस्ता अनगिन्ती महिलाहरु छन । जस्ले पुरा देश र मल्टीनेसनल कम्पनी हाकेर बसेका छन। जस्ले आफ्ना पुरा परिवार र सम्पूर्ण महिलाहरुलाई गौरवान्वित महशुस गराएका छन। महिलाहरुले पनि अवसर र सपोर्ट पाए भने पुरुषले भन्दा पनि राम्रो गरेर देखाउन सक्छन तर उनीहरु सधै ठुलो बृक्षको छेउमा फुल्ने फुलजस्ता भएर सेपमा बसेका छन । त्यो ठुलो रुखले त्यो सुन्दर सानो फुललाई कहिल्यै राम्रो संग सप्रिन दिदैन। त्यसैले हामी महिलाहरुको ठुलो बृक्षको सेप जस्तो बनेर होईन । उनीहरुको ठुलो सपोर्ट बनेर उभिनु पर्छ । हामीले संसार देखेका छौ । उदार र आधुनिक सोचका पनि छौ तर सबै भन्दा दुखको कुरा ब्यबहारमा लागु गर्न हाम्रो संस्कार तगारो बन्छ कही न कतै हामी पनि घरेलु हिम्सामा परेका छौ त्यो सत्य हो सकी नसकी हाम्रो समाज ढाकछोप गर्न लागिपरेको छ।
You might also like

Comments are closed.