काठमाडौं । देशभर २ सय २४ जना कोरोना संक्रमित आई.सी.यु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आई.सी .यु मा १५ जना रभेन्टिलेटरमा १ जना संक्रमित छन् । प्रदेश २ मा २० जना आई.सी.युमा छन् भने भन्टिलेटरमा कोही पनि छैनन् ।
त्यसैगरी बागमती प्रदेशमा आई.सी.युमा १ सय २१ जना र भेन्टिलेटरमा २३ जना उपचाररत छन् । गण्डकी प्रदेशमा आई.सी.युमा ६ जना छन् भने भेन्टिलेटरमा संक्रमित उपचाररत छैनन् ।
प्रदेश ५ मा ४४ जना आई.सी.यु मा र ३ जना भेन्टिलेटरमा छन् । कर्णाली प्रदेशमा १८ जना आई.सी युमा छन् भने भेन्टिलेरटमा छैनन् । सुदुरपस्चिम प्रदेशमा आई.सी.यु र भेन्टिलेटरमा कोरोना संक्रमित उपचाररत छैनन् ।
Comments are closed.