२४औं दिनमा केसीको अनसन तोडियो

काठमाडौं १८ माघ । २४ दिनदेखि आमरण अनसन बसेका डा. गोविन्द केसीले अनसन तोडेको छन् । तौतर्फी दबाब पछि उनले अनसन तोडेका हुन् । अनसन तोडिए पनि चिकित्सा क्षेत्रको सुधारको अभियान भने जारी रहने उनले बताए ।

१६औं पटकको अनसन अन्त्य गरेको घोषणा गर्दै उनले समर्थकहरुलाई धन्यवाद व्यक्त गरेका छन् भने सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जारी भएको चिकित्सा शिक्षा विधयक पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता गर्नेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।

You might also like

Comments are closed.