२९ हजार ६ सय पिस भिटिएम किट सरकारलाई सहयोग

काठमाडौं । नेपालमा रहेका लायन्स डिष्ट्रिक्टहरुको तर्फबाट सरकारलाई भाइरस ट्रान्सपोर्ट मेडियम (भिटिएम) हस्तान्तरण गरिएको छ । ४८ लाख ६० हजार रुपैयाँ बरावरको २९ हजार ६ सय पिस भिटिएम किटको लिस्ट सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको डिष्ट्रिक्ट ३२५ बि १ नेपालका निबर्तमान गभर्नर इन्दु लम्सालले जानकारी दिइन् ।

देशका २६ वटा अस्पतालले प्राप्त गर्ने गरी लिस्ट हतान्तरण गरिएको हो । केहि समय अगाडि ५७ लाख ६० हजार रुपैयाँ बराबरको पिपिई, मास्क, ग्लोब लगायतका स्वास्थ्य सामग्री सरकारलाई नेपालका लायन्स डिष्ट्रिक्टहरुको तर्फबाट प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.