तनहुँ,१९ फागुन
म्याग्दे १ गुणादी स्थित महेन्द्र माविमा सञ्चालित महायज्ञ आइतबार सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै पुर्व मन्त्री शंकर भण्डारीले आफ्नो तर्फबाट सदैव बिद्यालयलाई सहयोगका रहने प्रतिवद्धता व्यक्त गरे । प्राविधिक शिक्षा सन्चालन गर्न राज्यको तर्फबाट नै ऐन कानुनहरू बनाउनुपर्नेमा उनले जोड दिए । शिक्षाका लागी महायज्ञ लगाएर सर्वसाधारण ब्यक्तिहरूबाट रकम संकलन गरिनु दुखद भएको चर्चा गर्दै भण्डारीले त्यसलाई सुधार गर्न आवश्यक भएको बताए ।
कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले महायज्ञ लगाउनुको जुन उद्देश्यका साथ महायज्ञ लगाइएको छ सोहि अनुसार अगाडि बढ्न आग्रह गरे । सोही अवसरमा उनले व्यास नगरपालिकाको तर्फबाट १ लाख ५ हजार ५ सय ५५ , दिने घोषणा गरे । मुल समारोह समितिका सयोजक बिजयराज खनालको अध्यक्षतामा भएको समापन कार्यक्रममा एसपी बिकास राज खनाल ,वडाअध्यक्ष शिवशरण वाग्ले , बरिष्ठ अधिबक्ता यदुनाथ खनाल , म्याग्दे गापा उपप्रमुख बालकृष्ण घिमिरे , दल बहादुर बिक , पुस्पराज खनाल , रविराज खनाल , खिम बहादुर थापा ,बिकास खनाल, बलभद्र वाग्ले र बिद्यालयका प्रअ सोमबहादुर थापा लगायतले बोलेका थिए ।
।
फागुन ११ गतेदेखि १९ गतेसम्म सन्चालित महायज्ञमा करिव २ करोड रूपया सँकलन भएको र अन्तिम दिन मात्रै १० लाख रकम संकलन भएको प्रचारप्रसार संयोजक बिकास खनालले बताए ।
Comments are closed.