३० फिट माथिसम्म उड्ने फ्लाइङ मोटरसाइकल

काठमाडौं । के तपाईंले फ्लाइङ कारको बारेमा सुन्नुभएको छ ? यसको भिडियो धेरै पटक मिडियामा पनि आएको छ । तर फ्लाइङ बाइकको बारेमा सुन्नुभएको छैन होला ।

हालै एक चिनियाँ व्यक्तिले फ्लाइङ मोटरसाइकल बनाएका छन्, जसलाई ३० फिट माथिसम्म उडाउन सकिन्छ । चाइना सिन्हुआ न्युजले ट्विटरमा एक भिडियो पोस्ट गरेको थियो । जसमा उक्त व्यक्ति उसको फ्लाइङ मोटरसाइकलमा उडिरहेका थिए ।

चीनको समाचार एजेन्सी सिन्हआ न्युजको रिपोर्टका अनुसार झाओ ड्याली नामका व्यक्तिले उक्त फ्लाइङ बाइक बनाइएका हुन् । झाओ चीनको हुनान प्रान्तका हुन् । उसले सो फ्लाइङ स्कूटर प्रोटोटाइप बनाउन धेरै वर्ष लगाएका थिए । उनले पोष्ट गरेको भिडियोमा झाओलाई सेतो रङको ड्रोन जस्तो भेइकलमा उडिरहेको देखाइएको छ । सो फ्लाइङ मोटरसाइकल ट्राफिक जामको समयमा धेरै प्रभावकारी हुन सक्छ ।

रिपोर्टका अनुसार झाओको यो पहिलो फ्लाइङ बाइक होइन । उनले यो भन्दा पहिला पनि यस्तै मेसिनको परीक्षण गरिसकेका छन् । तर हालैको फ्लाइङ बाइक पहिलाको भन्दा स्लिक रहेको छ । सन् २०१८ मा झाओले पहिलो फ्लाइङ मेसिन बनाएका थिए । जसको टप स्पिड ७० किलोमिटर प्रति घन्टा थियो । यसमा जडान गरिएको ब्याट्री ३० मिनेटसम्म चल्न सक्छ ।

You might also like

Comments are closed.