३५ दिने पशु स्वास्थ्य तालिम सम्पन्न

पोखरा, १२ फागुन

यूवालाई व्यवसायिक पशुपालनमा आकर्षित गर्ने र पशु स्वास्थ्यको बारेमा जानकारी दिने लक्ष्य सहित पोखराको आर्वामा ३५ दिने ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम आइतबार सम्पन्न भएको छ। पशु सेवा तालिम तथा परामर्श सेवाको आयोजना र फर्वाड नेपालको सहयोगमा सम्पन्न कार्यक्रमको आइतबार समापन गरिएको हो। चितवन, मकवानपुर, जवलपरासी, बाग्लुङ र गोरखा गरि विभिन्न जिल्लाका २१ यूवाको सहभागिता रहेको उक्त कार्यक्रममा प्रशिक्षक कृष्ण प्रसाद बरालले पशुपालनका चुनौती र अवसरहरु, पशुस्वास्थ्यको क्षेत्रमा यूवाहरुको भूमिकाको बारेमा तालिम दिएका थिए।

समापन कार्यक्रममा बोल्दै कार्यक्रममा   भूमि व्यबस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव सरद चन्द श्रेष्ठले तालिम लिनको लागि मात्र नभएर आत्मविश्वाश बढाउनका लागि भएको बताए। उनले तलिमले दिएको ज्ञान र अत्मविश्वाशलाई युवाले प्रयोग गरेर सफल हुनसक्ने बताए। त्यस्तै कार्यक्रम सभापती, पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका कार्यकारी निर्देशक डा। बिदुर पाख्रीनले यो तालिमबाट पशुपालनको क्षेत्रमा बिज्ञहरु जन्माउने आशा व्यक्त गरे। अधिल्लो तालिमका २६ सहभागिबाट अहिले २ जना मात्र प्रत्यक्ष सम्पर्कमा रहेकाले तालिमले हैन निरन्तर्ताले सफल हुन सकिने बताए ।

jutta mela

सहभागिको तर्फबाट विक्रम अधिकारी र अभियान पाठकले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रममा बोल्दै फर्वाड नेपाल, चितवनका प्रोग्राम अफिसर डा। स्वतन्त्र डाँगीले यस्तो तालिम लिएर व्यवहारमा परिवर्तन ल्याउन सके सक्षम उद्यमि बन्न सकिने बताए। त्यसैगरि प्रशिक्षक डा गृष्म न्यौपानेले प्रशिक्षण कार्यक्रम सफल भएको र अब सफलतालाई निरन्तरता दिने र कार्यक्रमलाई वास्तवमै सफल बनाउने काम युवाहरुको रहेको बताए।

You might also like

Comments are closed.