३८० जना कोरोना संक्रमित थप

काठमाडौं । नेपालमा कोरोना संक्रमित आइतबार मात्रै ३ सय ८० जना थपिएका छन् । बिगत २४ घन्टामा ८ हजार ८ सय १५ जनाको पिसिआर परीक्षण भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । बिगत २४ घन्टामा ४० जना कोरोना मुक्त भएका छन् । हालसम्म १६ हजार ३ सय ५३ जनाले कोरोनालाई जित्न सफल भएको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.