आर्थिक आवाज
पोखरा, ११ मंसिर । पोखरामा एउटै रेष्टुरेण्टमा बसेर थाइल्याण्ड र चाइनाको खानाको स्वाद लिन पाइने भएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका अग्रज पर्यटन व्यवसायि गणेशबहादुर भट्टराई र राजु भट्टराईले ३ करोडको लागतमा लेकसाइडको बाराही चोकमा जस्मिन थाई–चाई रेष्टुरेण्ट शुरु गरेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय पर्यटकिय शहर बन्दै गएको हुँदा यहाँ आउने पर्यटकहरुलाई फरक स्वाद पस्किन जस्मिन थाई–चाई रेष्टुरेण्ट शुरु गरिएको सञ्चालक गणेशबहादुर भट्टराईले बताए । थाइल्याण्ड र चाइनाको खाना एकै ठाउँमा पाइने भएकाले पनि पोखरामा यो रेष्टुरेण्ट नौलो हुने उनको भनाई छ ।
थाइल्याण्ड र चाइनाको खाना ति देशका नागरिकले मात्र नभई युरोपियनहरुले पनि रुचाउने उनले बताए । पछिल्लो समय नेपालीहरुले पनि यि स्वादका खाना खोजिरहेको भट्टराइले बुझेका छन् । रेष्टुरेण्टमा थाइल्याण्ड र चाइनाको समिश्रण फरक फरक तरिकाले प्रस्तुत गरिएको छ । रेष्टुरेण्ट छिर्ने ग्राकहलाई आफु थाइल्याण्ड वा चाइनातिरै पुगेको झल्को दिन त्यहाँका नक्सा तथा पर्यटकिय क्षेत्रहरु झल्कने गरि विभिन्न तस्विरहरुले रेष्टुरेण्ट सजिएका छन् ।
संगितले पनि वातावरण उतैको जस्तो पार्नेछ । डायनिङ्गमा बसेर खान चाहनेलाई त्यहि अनुसारको सजावट गरिएको छ । रेष्टुरेण्ट भित्रैबाट फेवातालको दृष्यमा रम्न चाहनेले त्यसै प्रकारको वातावरण पाउने छन् । हरेक हप्ता हुने लाइभ ब्याण्ड प्रस्तुतीले थप रौनक ल्याउने छ । अनौपचारिक शुरुवात गरिएको रेष्टुरेण्ट केहिदिनमै औपचारिक शुरुवात गरिने भट्टराईले बताए ।
Comments are closed.