३ दिने स्वास्थ्य शिविर सम्पन्न

पोखरा, ३ जेठ ।

संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै ग्रामिण जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको जनता बैंक नेपाल लिमिटेडले निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविर ३ दिन सम्म चलेको थियो । बैशाख २८, २९ र ३० गते आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक÷कान÷घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

शिविरमा १२९५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । सो मध्ये ३० जना विरामीको शिविरस्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ । साथै ५०० जना भन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो । आँखाको अपरेशन गरेका विरामीहरुको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै विरामीहरुको अवस्था सामान्य रहेको थियो । उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष श्री ओमबहादुर गुरुङले गाउँ सम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगि संस्थाहरुप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकमीको प्राविधिक सहयोग रहेको थियो । स्वस्थ्य नारी पहल मार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पु¥याउने उद्देश्यले बैंकले स्त्री तथा प्रसूति रोग सम्बन्धि  शिविरहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको छ ।

You might also like

Comments are closed.