करिब ४ लाख रुपैयाँ लागतमा मादी गाउँपालिकामा खानेपानी ट्याङकी

आर्थिक आवाज
पोखरा, १३ चैत । लायन्स क्लब अफ पोखरा लामाचौरले मादी गाउँपालिका ७ स्थित खतेडांडामा २० हजार घन लिटर क्षमताको खानेपानी टंकी निर्माण गरेको छ । खानेपानी टंकीको मंगलबार एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका गभर्नर अशोककुमार श्रेष्ठले उद्घाटन गरे ।

क्लबले तीन लाख ७५ हजार रुपैयाँ लागतमा खानेपानी ट्याङकी निर्माण गरेको क्लबका अध्यक्ष सञ्जय लामाले जानकारी दिए । स्थापनाको छोटो समयमा क्लबले राम्रो काम गरेको गभर्नर श्रेष्ठले बताए । वडा अध्यक्ष लाल बहादुर गुरुङले गाउँपालिकाको एक घर एक धारा अभियानमा लायन्स क्लबको साथ मिलेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा लायन्स क्लब ३२५ का डिपार्टमेन्ट चीफ तिर्थराज श्रेष्ठ, स्थानीय समाजसेबी शेर बहादुर गुरुङ लगायतले बोलेको थिए ।

You might also like

Comments are closed.