३ लाख ७९ हजार डाउन पेमेन्टमै सुजुकी गाडी किन्न सकिने

काठमाडौं : सुजुकीका गाडीहरु ३ लाख ७९ हजार ८ सय डाउन पेमेन्टमै पाइने भएको छ । यसको अर्थ शुरुमा ग्राहकसँग त्यति रुपैयाँ छ भने घरैमा नयाँ सुजुकी कार लैजान पाइने छ ।

सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले हालै सो अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सुरुवात सुजुकीको साथ ट्यागलाइनका साथ सो योजना सार्वजनिक गरेको छ ।

सुजुकीका कारहरु यसरी खरिद गर्दा मासिक किस्ता १३ हजार ९१३ रुपैयाँदेखि तिर्न सकिने छ । सुजुकीका कारहरु खरिद गर्दा हालको लागि २ लाख २५ हजार रुपैयाँ सम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।

पुरानो कार साटेर नयाँ किन्दा एक्सचेन्ज बोनसको रुपमा २ लाख रुपैयाँसम्म उपलब्ध गराइने र सबै कारमा १ वर्षको इन्स्योरेन्स समेत निःशुल्क उपलब्ध गराइने बताइएको छ ।

सुजुकीका गाडी किन्दा बाई ब्याक ग्यारेन्टी समेत उपलब्ध गराइने बताइएको छ । नेपाली बजारमा सुजुकीका १८ लाख ९९ हजार रुपैयाँबाट मूल्य प्रारम्भ हुने अल्टो ८०० देखि ४८ लाख ९९ हजार रुपैयाँ मूल्यका एस–क्रस गाडी सम्म उपलब्ध छन् ।

You might also like

Comments are closed.