४२ हजार युवालाई स्वरोजगार तालिम

काठमाडौं । सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ ।

तालिम असोज महिनाबाट संचालन हुने भएको छ । तालिम ३ महिनासम्म संचालन हुने सिटिइभीटीका योजना महाशाखा प्रमुख एवं निर्देशक रमेश वखतीले जानकारी दिए ।

You might also like

Comments are closed.